नेयमारले मेस्सीको मुखैमा विश्वकप हामी जित्छौं भनेपछि …

एजेन्सी – ब्राजिलका सुपरस्टार नेयमारले सन् २०२२ फिफा विश्वकप अगाडी पेरिस सेन्ट जर्मेन (पिएसजी)का सहकर्मी लियोनेल मेस्सीसँग के कुराकानी भयो भन्ने विषयमा मुख खोलेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा नेयमारले मेस्सीसँग विश्वकपका लागि छुट्टिनु अगाडी के कुराकानी भएको थियो भन्ने खुलासा गरेका हुन्।

डेली टेलिग्राफसँगको कुराकानीका क्रममा नेयमारलाई मेस्सीसँग विश्वकपलाई लिएर केहि कुराकानी भयो भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा नेयमारले आफूले मेस्सीलाई ब्राजिल विश्वकप विजेता बन्ने बताएको उल्लेख गरे।

विश्वकप बारे कुरा हुँदा आफूले मेस्सीलाई विश्वकपको फाइनलमा ब्राजिल र अर्जेन्टिना बीच भेट हुने बताएको मेस्सीको भनाई छ। फाइनलमा ब्राजिल र अर्जेन्टिना आमने-सामने हुने र ब्राजिल च्याम्पियन्स बन्ने दावी गर्दा मेस्सी हाँसेको नेयमारले सुनाए।

“हामीले विश्वकप बारे खासै कुराकानी गरेका छैनौँ। तर मैले विश्वकपको फाइनलमा ब्राजिल र अर्जेन्टिना आमने-सामने हुन्छन् र म च्याम्पियन बन्नेछु भन्दा मेस्सी हाँसेका थिए।”,नेयमारले भने।

त्यस्तै नेयमारले मेस्सी र किलियन एम्बाप्पेसँग खेल्न पाउनु गर्व र आनन्दको कुरा रहेको पनि बताए। दुवै महान खेलाडी रहेको नेयमारको भनाई छ। त्यसक्रममा उनले मेस्सी लामो समयदेखि विश्वकै उत्कृष्ट खेलाडीको रुपमा रहेको बताउन भने छुटाएनन्।

प्रकाशित : , ०, ०१४:४३

नेयमारलाई धेरै मन पर्छ इंग्ल्याण्डका यी दुई खेलाडी, भन्छन् – ‘इंग्ल्याण्डले विश्वकप जित्न सक्छ’