बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा लियोनल मेस्सीको सम्झौता नवीकरण गर्नबाट पछि हटेको बताइएको छ। अर्जेन्टिनी स्टारले गत सिजन नि:शुल्क ट्रान्सफरमा स्पेनिस क्लब छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए।
पत्रकार गुइलम बालागले आफ्नो नयाँ पुस्तक ‘मेस्सी’ मा फुटबलका महान खेलाडीको बार्सिलोनाबाट बाहिरिने कुराको खुलासा गरेका छन्। यसमा पत्रकारको दाबी गरेका छन् कि लापोर्टाले हाल पीएसजी स्टारको सम्झौता नवीकरण गरेर क्लबको आर्थिक जोखिममा नपार्ने निर्णय गरेका हुन्।
बालागले दाबी गरे अनुसार यस निर्णय बारे संचारको पहिलो टुक्रा बार्साका उपाध्यक्ष राफा युस्टेबाट आएको थियो। उनले लियोनेलका बुबा र एजेन्ट जर्ज मेस्सीलाई क्लबले नयाँ सम्झौता प्रस्ताव अघि नबढाउने जानकारी दिएका थिए। उनले (बार्सा युनिभर्सल मार्फत) यसो भने: “लापोर्टाले अब लियोनल मेस्सीको सम्झौता नवीकरण गर्न] चासो राख्दैनन्।”
जब जर्जले स्पष्टीकरण मागे लापोर्टाले कथित रूपमा कडा जवाफ दिए। उनले नयाँ सम्झौता खारेज हुने कुरा पुष्टि गर्दै भने: “म अब यो गर्न चाहन्न। यो सकियो। म क्लबलाई जोखिममा राख्दिन।” जसपछि जब आमनेसामने बैठकको लागि प्रश्न गरियो, लापोर्टाले जवाफ दिए: “मैले यो सोचेको छु। म यो गर्ने छैन। म क्लबलाई डुबाउन चाहन्न।”