विश्वकप २०२२ का लागि अर्जेन्टिनी प्रशिक्षकले दिए २८ सदस्य टोली, को-को छन् ?

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कतारमा हुन लागेको फिफा विश्वकपअघि आफ्नो टोली २८ खेलाडीमा सीमित गरेका छन्। पत्रकार ग्यास्टन एडुलका अनुसार, साक्लोनीले जियोभानी लो सेल्सो र पाउलो डिबालालाई चोटपटकको शंकाको बाबजुद २८ सदस्यीय टोलीमा समावेश गरेका छन्।

लो सेल्सो धेरै वर्षदेखि अल्बिसेलेस्टेस टोलीको प्रमुख हिस्सा बनेका छन्। यद्यपि, लोनमा रहेका टोटनह्याम मिडफिल्डरलाई भिल्लारियलका लागि खेल्दा क्वाडमा चोट लागेको छ। पछिल्लो एक महिना नखेलेका डिबालाजस्तै विश्वकपका लागि भिल्लारियल प्लेमेकरको सहभागितामा पनि ठूलो शंका रहेको छ। ३५ खेलको अपराजित यात्रामा रहेको अर्जेन्टिना यस वर्षको प्रतियोगिता जित्ने प्रमुख दाबेदार मध्येको एक हो।

दक्षिण अमेरिकी महारथी वर्तमान कोपा अमेरिका च्याम्पियन हुन् र जुनमा ला फाइनालिसिमामा इटालीलाई ३-० ले हराएको थियो। अर्जेन्टिना २००२ मा ब्राजिल पछि पहिलो गैर-युरोपियन च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ र आफ्नो तेस्रो फिफा विश्वकप दाबी गर्ने प्रयास गरेनछन्। कतार विश्वकप लियोनेल मेस्सीको आफ्नो करियरमा जित्न बाँकी मात्र एक उपाधि जित्ने अन्तिम मौकालाई पनि प्रतिनिधित्व गर्नेछ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार जारी सिजन निकै उत्कृष्ट लयमा रहेका छन् र एन्जेल डी मारिया र लाउटारो मार्टिनेज जस्ता अन्य स्टार स्ट्राइकरले उनलाई फरवार्ड लाइनमा साथ दिनेछन्।

प्रकाशित : , ०, ०१५:५०

विश्वकप २०२२ मा सबैभन्दा खतरा फरवार्ड लाइन लिएर जानेछन् यी ५ टोली !