ओरालो लागेको लिभरपुललाई टोटेनह्यामले के गर्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा लिभरपुलले आज टोटेनह्यामको सामना गर्दैछ। सिजनको सुरुवात देखि नै कम्जोर प्रदर्शन गरिरहेको लिभरपुलले आज टोटेनह्यामको सामना गर्न लागेको हो। खेल टोटेनह्यामको घरेलु मैदानमा हुनेछ।

सन् २०२२-२३ को सिजनमा टोटेनह्याम लिभरपुल भन्दा बलियो देखिरहेको छ। टोटेनह्याम अहिले प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ। सिजनका १३ खेल खेल्दा टोटेनह्यामले ८ जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। उससँग २६ अंक छ।

त्यस्तै लिभरपुलसँग भने मात्रै १६ अंक रहेको छ। सिजनका १२ खेल खेल्दा लिभरपुलले मात्रै ४ जित निकालेको छ भने ४ खेलमा हार बेहोरेको छ। लिभरपुल अहिले प्रिमियर लिगको नवौं स्थानमा रहेको छ।

आज हुने खेलमा लिभरपुल जसरी पनि हारको शृंखलालाई रोक्ने प्रयासमा हुनेछ। आज पनि हारेको खण्डमा लिभरपुलको लगातार तेस्रो हार हुनेछ। यस भन्दा अगाडीका दुई खेलमा लिभरपुल लगातार पराजित भइसकेको छ।

निरन्तर खेलाडीहरु घाइते भैरहेका कारण लिभरपुल समस्यामा परेको हो। तर धेरै भन्दा धेरै खेलाडीहरु चोटबाट मुक्त भएर फिर्ता हुने क्रममा छन्। यस्तोमा लिभरपुलले टोटेनह्याम विरुद्धको खेलमा केहि सुधारिएको प्रदर्शन गर्न सक्छ।

लिभरपुल र टोटेनह्याम बीचको खेल नेपाली समय अनुसार रातको १० बजेर १५ मिनेटमा टोटेनह्यामको घरेलु मैदानमा हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ०१६:०५

एमेरीले डेब्यु खेलमै म्यानचेस्टर युनाइटेडको बाजा बजाए !