के आर्सनलले चेल्सीको घरेलु मैदानमा मच्चाउन सक्ला ताण्डव, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज चेल्सी र आर्सनल आमने-सामने हुँदैछन्। चेल्सीको घरेलु मैदानमा आज आर्सनल र चेल्सी आमने-सामने हुन लागेका हुन्। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल र सातौँ स्थानमा रहेको चेल्सी बीचको खेल पक्कै पनि रोमान्चक हुने आशा गर्न सकिन्छ।

सन् २०२२-२३ को सिजनमा आर्सनल उच्च लयमा रहेको छ। आर्सनलले जारी सिजनमा मात्रै एक खेलमा हार बेहोरेको छ। आर्सनलले सिजनका १२ खेल खेल्दा १० खेलमा जित निकालेको छ भने १ खेलमा बराबरी खेलेको छ। १२ खेलबाट आर्सनलले ३१ अंक बनाएको छ।

त्यस्तै सातौँ स्थानमा रहेको चेल्सीले भने जारी सिजनमा ६ जित मात्र निकालेको छ। बाँकी ३ खेलमा हार बेहोर्दा चेल्सीले ३ खेलमा बराबरी खेलेको छ। शिर्ष चारमा उक्लिनको लागि चेल्सीलाई आर्सनल विरुद्ध जित निकाल्नै पर्ने बाध्यता रहनेछ।

आर्सनल पनि आज जित निकाल्नै पर्ने दबाबमा हुनेछ। आज चेल्सीलाई हराउन सके मात्रै आर्सनल पुनः शिर्ष स्थानमा उक्लिनेछ। आर्सनल शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्रै एक अंकले पछाडी छ।

खेल चेल्सीको घरेलु मैदानमा हुने हुँदा त्यसको फाइदा उठाउने सोचमा चेल्सी हुनेछ भने आफ्नो उच्च लयलाई कायम राख्ने दाउमा आर्सनल हुनेछ। खेल नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ००८:५०

ओरालो लागेको लिभरपुललाई टोटेनह्यामले के गर्ला ? खेल कुन च्यानलमा हेर्ने ?