यी हुन् हाल विश्व फुटबलका १० सबैभन्दा मूल्यवान खेलाडी !

खेलाडीको स्थानान्तरण बजार मूल्य विभिन्न कारकहरूमा निर्भर गर्छ। खेलाडी कुन लयमा छ, उसको उमेर, उसको सम्झौतामा बाँकी रहेको समय र उसको सम्भाव्यता सबै कारकहरू हुन् जसले उसको स्थानान्तरण बजार मूल्य निर्धारण गर्छ।

जस्तै, उच्च क्षमता भएका युवा खेलाडीहरू सामान्यतया विश्वका सबैभन्दा मूल्यवान खेलाडी हुने गर्छन्। त्यस्ता खेलाडीहरू सामान्यतया विश्वका केही उत्कृष्ट क्लबहरूसँग अनुबन्धित हुन्छन् र उनीहरुका लागि स्थानान्तरणका लागि वार्ता गर्न कहिल्यै सजिलो हुँदैन। यस्तोमा, थप कुरा नगरीकन अहिले विश्वका १० सबैभन्दा मूल्यवान खेलाडीहरू (नोभेम्बर २०२२) लाई हेरौं।

(सौजन्य: ट्रान्सफरमार्केट)

१०. जमाल मुसियाला (बार्यन म्युनिख/जर्मनी): ८० मिलियन 

९. डुसान भ्लाहोभिच (युभेन्टस/सर्बिय): ८५ मिलियन 

८. ह्यारी केन (टोटनह्याम हट्सपर/इंग्ल्याण्ड): ९० मिलियन  

७. बुकायो साका (आर्सनल/इंग्ल्याण्ड): ९० मिलियन

६. जुड बेलिंघम (बोरुसिया डर्टमण्ड/इंग्ल्याण्ड): ९० मिलियन  

५. पेड्री (बार्सिलोना/स्पेन): ९० मिलियन 

४. फिल फोडेन (म्यानचेस्टर सिटी/इंग्ल्याण्ड): ११० मिलियन  

३. भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल): १२० मिलियन 

२. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन/फ्रान्स): १६० मिलियन 

१. एर्लिंग हालान्ड (म्यानचेस्टर सिटी/नर्वे): १७० मिलियन 

प्रकाशित : , ०, ०१६:१५

पिकेले सन्यास लिएपछि उनको स्थान लिने खेलाडी अनुबन्ध गर्न तयारीमा बार्सिलोना !