विश्वकपको मुखमा जर्मनीलाई लाग्यो ठूलो झट्का, सुपरस्टार खेलाडीले गुमाउने भए विश्वकप !

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा उपाधि दावेदार मानिएको जर्मनीलाई चोटको कारण ठूलो धक्का लागेको छ ।

बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने भएका छन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए । उनले विश्वकपमा जर्मनीको आक्रमण सम्हाल्ने आँकलन गरिएको थियो ।

आरबी लाइप्जिगका लागि राम्रो प्रदर्शन गरिरहेका वेर्नरको एन्कलमा चोट लागेको हो । उनी अब अर्को वर्ष मात्र फर्कने क्लबले जनाएको छ । जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ ।

वेर्नर यसै सिजनको सुरुवातमा चेल्सी छाडेर लाइप्जिग फर्केका थिए । चेल्सीमा व्यक्तिगत रुपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले च्याम्पियन्स लिग उपाधि जिते । जर्मनीबाट २०१८ को फिफा विश्वकप र युरो २०२० मा वेर्नर टोलीमा थिए ।

प्रकाशित : , ०, ०१४:१६

पिकेको सन्यासप्रति सर्जियो रामोसले दिए यस्तो प्रतिक्रिया, यसो भन्छन् !