भिल्लारियल छाडेर एस्टन भिल्लामा इमिरे, पाउने भए यति धेरै तलब !

काठमाडौं, इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ।

एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो। एस्टन भिल्लाले नोभम्बर ६ मा म्यानचेस्टर युनाइटेडलाई आतिथ्यता गर्दैछ।

सो खेल इमिरेका लागि एस्टन भिल्लाको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ। इमिरेले यसअघि सन् २०१८ देखी २०१९ सम्म आर्सनलको प्रशिक्षण सम्हालेका थिए।

उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको पाँचौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। युरोपा लिगको फाइनल सम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने उनको टोली चेल्सीसँग पराजित भएको थियो।

आर्सनल छोडेपछि सन् २०२० मा इमिरेले स्पेनिस ला लिगाको क्लब भियारियालको प्रशिक्षण सम्हालेका थिए। इमिरेको प्रशिक्षणमा भियारियालले युरोपा लिग जितेको थियो। त्यस्तै, गत सिजन भियारियालले उनकै प्रशिक्षणमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

विभिन्न खेल मिडियाहरुका अनुसार इमिरेलाई भित्र्याउन भिल्लाले भिल्लारियललाई रिलिज क्लज अन्तर्गत ६ मिलियन युरो तिरेको छ। अब भिल्लामा उनको पारिश्रमिक वार्षिक ७ मिलियन युरो हुनेछ।

प्रकाशित : , ०, ०११:०१

कम्पोनी भन्छन्-“रोनाल्डोलाई रोक्न त मज्जा आउँछ, मेस्सीलाई रोक्न सकिन्न”