बार्सिलोना पनि जम्दै लेवान्डोस्की, पिचिची अवार्डमा सिधै हमला !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको आगमनसँगै बार्सिलोनाको आक्रमण मजबुत हुने अपेक्षा गरिएको थियो । तर उनले पछिल्लो समय गरेको प्रदर्शनले बार्सिलोना र क्लबका प्रशिक्षक पनि चकित परेको अवस्था छ ।

नहुन् पनि कसरी, गत सिजन क्लबमा जाभीको आगमनपछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लेवान्डोस्कीले नै शीर्षस्थान कब्जा गरेका छन् । उनले जम्मा २ महिनामा यो उपलब्धि हासिल गरे । यति मात्र होइन, उनले आफूपछि दोस्रो स्थानमा रहेका खेलाडीलाई ५ गोलले पछि पारेका छन् ।

लेवान्डोस्कीले जाभी युगको उत्कृष्ट फरवार्डको भूमिकामा स्थापित हुन १२ खेल मात्र खेलेका छन् । यसअघि जाभीको प्रशिक्षणमा गाबोनका फरवार्ड पिएर एमेरिक औबामेयाङ थिए । उनले ६ महिनामा १२ गोल गरेका थिए । तर लेवान्डोस्कीले क्लबका लागि १६ खेल खेल्दै १७ गोल गरिसकेका छन् ।

स्पेनिस लिगमा लेवान्डोस्की १२ गोलसहित सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने पिचिची अवार्डको दावेदार बनेका छन् । यसका लागि उनलाई बोर्जा इग्लेसस र जोसेलुले ७ गोल गर्दै पछ्याएका छन् । च्याम्पियन्स लिगमा पनि ४ खेलमा ५ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता नै छन् । तर क्लबको कमजोर प्रदर्शनका कारण समूह चरणपछि युरोपा लिगमा खेल्नुपर्ने सम्भावना देखिन्छ ।

जाभीको आगमनपछि क्लबले १ सय गोल पनि पूरा गरेको छ । क्लबले ५२ खेलमा १ सय १ गोल गरेको छ । यसमध्य ७८ गोल लिगमा भएको छ भने ८ गोल च्याम्पियन्स लिग र १० गोल युरोपा लिगमा सम्भव भयो । क्लबले कोपा डेल रेमा ४ र स्पेनिस सुपर कपमा २ गोल गरेको छ ।

प्रकाशित : , ०, ००२:३८

मेस्सीसँग धेरै नजिक हुन चाहन्छन् एम्बाप्पे, नेयमारसँग मेस्सीको सम्बन्ध टुटोस् भन्ने चाहना !