चौथो स्थानमा उक्लियो न्यूक्यासन, टोटेनहमलाई चखायो नमिठो हार !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो । टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई १–० को अग्रता दिलाए । ४०औं मिनेटमा मिगुइल अल्मिरोनले सिन लङस्टाफको पासमा गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा ह्यारी केनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।

यस नतिजासँगै टोटेनहमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । पराजित टोटेनहम २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिटीको २६ अंक छ । न्यूक्यासल २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित : , ०, ००८:११

अब एरिक टेन ह्यागलाई रोनाल्डो नचाहिने भयो, जनवरीमै लखेटिने !