चम्किए ग्रिजमन, एट्लेटिकोलाई जिताइछाडे !

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो ।

घरेलु टोलीका नविल फेकिरले एक गोल फर्काए । सेभियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको शुरुमै रियल बेटिसका लुइज हर्नान्डेजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । ५४औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए ।

७१औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लासग दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । उनले म्याथिअस कुन्हाको पासलाई सदुपयोग गरेका थिए ।

८४औं मिनेटमा नविल फेकिरले फ्रिकिकबाट सिधै गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो ।

यस जितसँगै एट्लेटिको ११ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान २३ अंक न रहेपनि रियल सोसिडाड चौथोमा झरेको छ । पराजित रिल बेटिस २० अंक जोडेर पाँचौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित : , ०, ००७:५९

चौथो स्थानमा उक्लियो न्यूक्यासन, टोटेनहमलाई चखायो नमिठो हार !