एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका पूर्व प्रशिक्षक थोमस टुचेल र क्लब मालिक टोड बोहलीसँग म्यानचेस्टर युनाइटेड स्टार क्रिस्टियानो रोनाल्डो भित्र्याउने विषयमा विवाद भएको खुलासा भएको छ। बेलायतबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले रोनाल्डोको विषयलाई लिएर टुचेल र बोहली बीच विवाद भएको बताएका हुन्।
समर ट्रान्सफर विन्डोमा बोहलीले रोनाल्डो भित्र्याउने चाहेपनि प्रशिक्षक टुचेलले विरोध जनाएका थिए। उनले आफ्नो खेलशैलीमा रोनाल्डो ठीक नहुने भन्दै अन्य खेलाडी भित्र्याउन बोहलीले आग्रह गरेका थिए।
त्यसबेला बोहलीले जुनै पनि हालतमा रोनाल्डो भित्र्याउन चाहेको बेलायती मिडियाहरुले जनाएका छन्। त्यसबेला दुई बीच विवाद नै भएको बताइन्छ। रोनाल्डो बिना नै चेल्सीले राम्रो प्रदर्शन गर्ने टुचेलको दावी थियो। टुचेलकै कारण चेल्सी रोनाल्डो भित्र्याउने दौडबाट ब्याक भएको थियो।
रोनाल्डो भित्र्याउन अस्विकार गर्दा टुचेलले क्लबलाई रोनाल्डो बिना नै राम्रो गरेर देखाउने बताएका थिए। तर सन् २०२२-२३ को सिजन हुँदा त्यस्तो संकेत देखिएन। युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा डेनामो जाग्रिवसँग १–० ले पराजित भएलगतै चेल्सीले थोमस टुचेललाई बर्खास्त गर्यो।
चेल्सीको प्रशिक्षकको रुपमा नियुक्त भएको केहि अमयमै क्लबलाई च्याम्पियन्स लिग दिलाएपनि उनले पछिल्लो समय टोलीलाई राम्रो अवस्थामा उभ्याउन सकेनन्। रोनाल्डो पनि भित्र्याउन नमानेको र क्लबलाई पनि राम्रो अवस्थामा उभ्याउन नसकेका कारण टुचेललाई बर्खास्त गर्ने निर्णयमा बोहली पुगेको बेलायती मिडियाहरुको दावी छ।