“एम्बाप्पे र हालाण्डले च्याम्पियन्स लिग त जितेका छैनन्, मेस्सी र रोनाल्डोसँग के तुलना गर्नु ?”

एजेन्सी – फ्रान्स फुटबलका प्रमुख पास्कल फेरेले किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड बीचको प्रतिस्पर्धा स्थापित भइनसकेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा फेरेले एम्बाप्पे र हालाण्ड बीच प्रतिष्पर्धा सुरु भएपनि स्थापित भइनसकेको बताएका हुन्।

अन्तर्वार्ताका क्रममा फेरेले एम्बाप्पेको उमेरमा मेस्सीले दुई बालोन डी’ओर जितिसकेको स्मरण गरे। मेस्सी र रोनाल्डो बीचको जस्तै प्रतिष्पर्धाको लागि दुवै खेलाडीले थप सफलता हाँसिल गर्नुपर्ने फेरेको भनाई छ। त्यसक्रममा उनले दुवै खेलाडीले च्याम्पियन्स लिग जित्न बाँकी रहेको कुरा पनि उल्लेख गर्न छुटाएनन्।

“एम्बाप्पे र हालाण्ड बीचको प्रतिस्पर्धाको बारेमा धेरै कुराहरू भइरहेका छन्। तर दुई बीचको प्रतिष्पर्धा मेस्सी र रोनाल्डो बीचको प्रतिष्पर्धा जस्तो स्थापित भइसकेको छैन। दुवैले च्याम्पियन्स लिग नै जित्न बाँकी छ। एम्बाप्पेको उमेरमा त मेस्सीले दुई पटक बालोन डी’ओर जितिसकेका थिए। मेस्सी र रोनाल्डो बीचको जस्तै प्रतिष्पर्धा स्थापित गर्ने हो भने दुवैले थप उपाधि जित्नुपर्ने हुन्छ। महत्वपूर्ण उपाधिहरु जित्न एम्बाप्पे र हालाण्डले जति समय लगाइरहेका छन्, त्यति समय मेस्सी र रोनाल्डोले लगाएका थिएनन्।”,फेरेले भने।

गएको केहि समय देखि फुटबल जगतमा एम्बाप्पे र हालाण्ड दुवैको नाम चलिरहेको छ। उदयीमान दुई खेलाडीलाई धेरैले मेस्सी र रोनाल्डोको स्थान लिने खेलाडीको रुपमा हेरिरहेका छन्। तर दुवै खेलाडीले पूर्णरुपमा आफूलाई प्रमाणित गर्न भने बाँकी नै छ।

प्रकाशित : , ०, ०१९:०३

प्रिमियर लिगमा टोटेनहमको सातौँ जित !