“रोनाल्डोले आफू करियरको अन्त्यमा रहेको स्वीकार्नु पर्छ, चुपचाप युनाइटेडमै बस्नुपर्छ”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर ग्यारी नेभिलले क्रिस्टियानो रोनाल्डो क्लबमा रहेका कारण युनाइटेड शिर्ष चारमा रहेर सिजनको अन्त्य गर्न सक्ने सम्भावना रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा नेभिलले रोनाल्डोको उपस्थितिले युनाइटेडलाई शिर्ष चारमा रहन मद्दत गर्न सक्ने बताएका हुन्।

बेन्चबाटै मैदान प्रवेश गरेर भएपनि कमाल गर्न सक्ने क्षमता रोनाल्डोसँग रहेको र त्यसले युनाइटेडलाई धेरै फाइदा पुग्ने नेभिलले द मिररलाई बताए। त्यसक्रममा उनले एभर्टन विरुद्धको खेलको उदाहरणलाई पनि उल्लेख गरे। एभर्टन विरुद्धको खेलमा रोनाल्डो वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए र उनले एक गोल गरेका थिए।

“यदि रोनाल्डो क्लबमै रहेभने युनाइटेड शिर्ष चारमा अटाउने सम्भावना बढ्छ। हरेक साता सुरुवाती ११ मा पर्न नसकेपनि उनले वैकल्पिक खेलाडीको रुपमा धेरै गर्न सक्छन्। एभर्टन विरुद्ध उनले जे गरे, त्यो साँच्चै उत्कृष्ट थियो।”,नेभिलले भने।

त्यस्तै नेभिलले ढल्कँदो उमेरलाई ध्यानमा राखेर रोनाल्डोले अहिलेको अवस्थालाई स्वीकार गर्नुपर्ने पनि बताए। रोनाल्डोले आफू करियरको अन्त्यतिर रहेको कुरालाई स्वीकार्न सक्नुपर्ने नेभिलको भनाई छ।

उनले भने,”रोनाल्डो खेल करियरको लगभग अन्त्यमा छन्। ढल्कँदो उमेरका कारण नियमित मौका पाउन नसक्ने कुरालाई उनले स्वीकारेर युनाइटेडमै रहनुपर्छ भन्ने मलाई लाग्छ।”

प्रकाशित : , ०, ०१४:२३

“एम्बाप्पे र हालाण्डले च्याम्पियन्स लिग त जितेका छैनन्, मेस्सी र रोनाल्डोसँग के तुलना गर्नु ?”