राफिन्हाले दिए म्याड्रिडलाई ध-म्की, भन्छन्-“हामीसँग डराएर बस, हामी लिग लिडर पो हो त”

बार्सिलोनाका स्टार राफिन्हाले आइतबार ला लिगामा हुने एल क्लासिको अघि रियल म्याड्रिडलाई सन्देश पठाएका छन्। स्पेनिस दिग्गजहरू बीचको सिजनको पहिलो भिडन्तको लागि लस ब्लान्कोसले स्यान्टियागो बर्नाबेउमा क्याटालान्सको स्वागत गर्नेछ।

लस भेगासमा म्याड्रिड विरुद्धको प्रि-सिजन भिडन्तमा बार्साको विजयी गोल गर्ने राफिन्हा स्पेनिस च्याम्पियन्सको सामना गर्न पूर्ण रूपमा तयार रहेका छन्। च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको बराबरी खेलेपछि बार्सा टिभी मा “#भामोस” सँग कुरा गर्दै, ब्राजिलियनले भने, “म क्लासिकोको बारेमा थोरै चिन्तित छु, तर मेरो दिमाग ठिक स्तरमा छ। हामी लिडर हौं। मैले डरको कुरा गरेको होइन, तर यदि कोही थोरै होसियार हुनुपर्दछ भने, त्यो उनीहरु हुनुपर्छ। हामी विश्वस्त छौं र जित्नका लागि हामी सबै सम्भव गर्नेछौं।”

बार्सिलोना र रियल म्याड्रिड दुबैको हाल आठ लिग खेलहरू पछि २२ अंक छ, बार्सा गोल अन्तरमा पहिलो स्थानमा छ। बुधबार च्याम्पियन्स लिग खेलमा घरेलु मैदानमा नै इन्टर मिलान विरुद्धको खेलमा ८९औं मिनेटमा रोबिन गोसेन्सले नेराजुरीका लागि ३-२ को अग्रता बनाएपछि जाभीको टोली फेरी हार्दै युरोपा लिगमा घटुवा हुने पक्का-पक्की जस्तो देखिएको थियो तर ९२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याउँदै बार्सिलोनालाई झिनो आशा दिएका थिए।

त्यसको अघिल्लो रात शाख्तर डोनेट्स्कसँग बराबरीमा रोकिएको रियल म्याड्रिडले आफ्ना प्रतिद्वन्द्वीका कमजोरीहरूलाई ध्यानमा राखेको छ र अप्रिलमा ४-० ले पराजित भएको भन्दा राम्रो नतिजाको आशा गर्नेछ।

प्रकाशित : , ०, ०१६:३२

के लिभरपुलले हालाण्डलाई रोक्न सक्ला ? यसो भन्छन् क्लोप !