विश्वकपमा फेरी मेस्सीको राम-धुलाई गर्ने दाउमा एम्बाप्पे, सफल होलान् ?

यसै वर्षको अन्तिममा हुने कतार विश्वकपको चर्चा चुलिएको समयमा साबिक विजेता फ्रान्सका युवा स्टार किलियन एमबाप्पेले आफ्नो टोलीले नेसन्स लिगको खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि विश्वकपमा उपाधि जित्न तयारी रहेको बताएका छन्।

साबिक नेसन्स लिग तथा विश्व विजेता समेत रहेको फ्रान्सले यस संस्करणको नेसन्स लिगमा निकै खराब प्रदर्शन गर्यो। तर, एमबाप्पे भने नेसन्स लिगका खेल र नतिजाले विश्वकपमा कुनै खसर नपार्ने बताउँछन्। उनले भने, “नेसन्स लिगमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं। हामीले चाहेको जस्तो नतिजा निकाल्न सकेनौं। तर, यी खेल र नतिजाले हामीलाई चिन्तित बनाएको छैन। यी खेलको प्रदर्शन र नतिजाले विश्वकपको तयारीलाई कुनै असर गर्दैन। विश्वकप फरक प्रतियोगिता हो र त्यहाँ हामी को हौँ भनेर सबैलाई देखाउनेछौं।”

त्यस्तै, पूर्व मोनाको स्टारले आफ्ना पीएसजी टिममेट लियोनल मेस्सीसँग हुने सम्भावित भिडन्त बारे पनि चर्चा गरेका छन्। विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ र फ्रान्स समूह ‘डी’ मा रहेको छ। यस्तोमा यी दुई टोली मध्ये एक पनि आफ्नो समूहको विजेता बन्न सकेन र अर्को टोली विजेता बन्यो भने २०१८ विश्वकप जस्तै अन्तिम १६ मा नै एक-अर्काको सामना गर्नेछन्। २०१८ मा फ्रान्सले अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो।

यस्तोमा २३ वर्षीय स्टार आफ्नो मेस्सी विरुद्ध खेल्ने इच्छा रहेको पनि खुलासा गरेका छन्। पिएसजीमा एकै टोलीमा रहेका एमबाप्पे र मेस्सी विश्वकपको मञ्चमा फेरी एकपटक अन्तिम १६ मै भिड्न सक्ने सम्भावना बीच एमबाप्पे आफू निकै उत्साहित रहेको बताउँछन्। “अर्जेन्टिनासँग हामीले २०१८ मा खेलेका थियौं। निकै उत्कृष्ट खेल थियो र हामी विजयी भयौं। कतार विश्वकपमा फेरी खेल्नुपर्यो भने एक रोमाञ्चक खेल हुनेछ। मेरा लागि यो उत्साहको खेल हुनेछ,” एमबाप्पे भन्छन्।

फ्रान्सले निकै राम्रो लयमा रहेको अर्जेन्टिनाको सामना गर्नुपर्यो भने आफ्नो प्रतिक्रिया के हुनेछ भनेर प्रश्न गर्दा एम्बाप्पे भन्छन्: “म भागेर घर जान्न होला त। कि प्रशिक्षकसँग म त खेल्दिन बनेर पनि बस्दिन होला त, के गर्नु? म आफ्नो टोलीका लागि खेल्छु, लड्छु र जित्ने प्रयास गर्छु। विश्वकपमा एक उत्कृष्ट टोलीसँग खेल्न पाउनु खुसीको कुरा हो।”

प्रकाशित : , ०, ०११:२८

यी खेलाडी तोड्न सक्छन् नेयमारको २ सय २२ मिलियन युरोको ट्रान्सफर रेकर्ड !