हाजार्ड भन्छन्- “फुटबल जगतमा छन् एक मात्र ‘गोट’: ती हुन् मेस्सी”

लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको बहसमा इडेन हाजार्डको भनाइ अहिले पुन: अनलाइनमा चर्चामा आएको छ। रियल म्याड्रिड स्टारले दुई महान खेलाडीहरू समान स्तरमा नभएको दाबी गर्दै आफ्नो वजन अर्जेन्टिनी स्टारको साथमा राखेका हुन्।

मेस्सी र रोनाल्डोको बहस एक दशकभन्दा बढी समयदेखि फुटबलर र प्रशिक्षकसँगको अधिकांश अन्तर्वार्तामा चासोको विषय बनेको छ। फुटबलको दुनियाँमा दुबै खेलाडीको पर्याप्त समर्थन भएकाले यसको कुनै उचित निष्कर्ष छैन, र त्यो आज पनि जारी रहेको देखिन्छ। २०१९ मा, एचएलएन ले यसै बहसमा हाजार्डलाई प्रश्न गर्यो।

उनले लियोनल मेस्सी पोर्चुगिज स्टारभन्दा अगाडि रहेको दाबी गरे र भने: “दुई गोट (सबै समयको सबैभन्दा उत्कृष्ट) के भन्नुहुन्छ? होइन, होइन। त्यहाँ एउटा मात्र गोट छ: लियोनल मेस्सी!”

उनले चेल्सीसँग हुँदा २०१७-१८ युइएफए च्याम्पियन्स लिग नकआउटमा बार्सिलोना विरुद्ध खेलको बारे कुरा गरेका छन्। मेस्सीले क्याम्प नोउमा ब्रेस सहित दुबै लेगमा गोल गरे, जसको मद्दतमा बार्सिलोनाले समग्रमा ४-१ को जित निकाल्यो। हाजार्डले आफ्नो अनुभव सुनाए र भने: “बार्सिलोना विरुद्धका ती दुई खेल २०१८ को मेरो उत्कृष्ट सम्झना थिएनन्। बार्सिलोना र मेस्सी विरुद्ध खेल्न पाउँदा म खुसी थिएँ, तर मैले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिन। म निराश भएँ।”

उनले थपे: “मेरा तीन छोराहरू स्ट्यामफोर्ड ब्रिजमा घरेलु खेलको लागि त्यहाँ थिए। जेठो मेस्सीको ठूलो फ्यान हो – हामी सबै मेस्सीका फ्यान हौं। उनले त्यो दिन मेस्सीलाई हेर्न चाहन्थे किनभने मेस्सी एक विशेष खेलाडी हुन्।”

प्रकाशित : , ०, ०११:३१

कोम्यान भन्छन्-“बार्सिलोनाको पछिल्ल्लो इतिहासमा सबैभन्दा तगडा प्रशिक्षक म नै हुँ”