“च्याम्पियन्स लिगमा यस सिजन प्रिमियर लिग क्लबलाई कसैले हल्लाउँन पनि सक्दैन”

युइएफए च्याम्पियन्स लिग विश्व फुटबलको सबैभन्दा ठूलो क्लब प्रतियोगिता हो र गत सिजन एक परिचित नोटमा समाप्त भयो। कीर्तिमानी च्याम्पियन रियल म्याड्रिडले पेरिसमा लिभरपुललाई १–० ले हराएर इतिहासमा १४ औं पटक कीर्तिमानी उपाधि जितेको छ।

२०२२ फिफा विश्वकप नोभेम्बरमा सुरु हुने भएसँगै यस सिजन आफ्ना टोली निकै बलियो बनाउने तयारीमा रहेका छन्। गत ट्रान्सफर विन्डोमा धेरै आकर्षक स्थानान्तरण गतिविधिहरू भए, बार्सिलोना र बायर्न म्युनिख ग्रीष्मकालीन स्थानान्तरण विन्डोमा विशेष रूपमा सक्रिय देखिएका थिए।

यस्तोमा पूर्व आर्सनल स्टार पल मर्सनले यस पटक फाइनलमा दुबै प्रिमियर लिग टोली जाने दाबी गरेका छन्। फाइनल भन्दा पहिले नै एक-अर्कासँग प्रतिस्पर्धा नभएको खण्डमा फाइनल खेलमा दुबै टोली म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी र टोटनह्याम मध्ये दुई टोली हुने बताएका हुन्। प्रि-सिजन चलिरहँदा उनले आउँदो सिजनका लागि च्याम्पियन्स लिग उपाधि जित्ने प्रमुख ५ दाबेदार बताएका छन्। यस्तो छ उनको टप ५ च्याम्पियन्स लिग जित्न सक्ने टोली:-

५. बार्यन म्युनिख (जर्मनी) 

४. बार्सिलोना (स्पेन) 

३. चेल्सी (इंग्ल्याण्ड)

२. लिभरपुल (इंग्ल्याण्ड)

१. म्यानचेस्टर सिटी (इंग्ल्याण्ड)

प्रकाशित : , ०, ०११:३६

हालसम्म यी हुन् सन् २०२२ का सर्वश्रेष्ठ ५ खेलाडी !