ब्राजिलको जर्सीलाई लिएर लफडा, देशभर मच्चियो बबण्डर !

एजेन्सी – अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्‍यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

२० वर्षीय छात्र डी ओलिभिरिया घरनजिकैको स्टोरमा गए, पहेँलो र हरियो रंगको प्रख्यात जर्सी लिए। जर्सीमा मुस्कानसहितको सेल्फीसमेत खिच्न भ्याए।

‘त्यो पसलका साहुले मैले पहेँलो र हरियो रंगको ब्राजिलको जर्सी किन्दा मलाई वर्तमान सरकारको समर्थकका रूपमा लिए,’ डी ओलिभिरियाले भने, ‘मैले त जर्सी मात्र किनेको थिएँ। तर मलाई ब्राजिलका आगामी राष्ट्रपति निर्वाचनका उम्मेद्वार रहेका लुलाको विरोधीको रूपमा लिइयो।

’ब्राजिलमा नयाँ राष्ट्रपतिका लागि आइतबार निर्वाचन हुँदै छ। जसका लागि वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र लुइस इनासियो लुला डा सिल्भा प्रतिस्पर्धामा रहेका छन्।

यद्यपि डी ओलिभिरिया राष्ट्रपतिमा पुनः निर्वाचित हुने दौडमा रहेका बोल्सोनारोको समर्थक पनि होइनन् न त डा सिल्भाको समर्थक हुन्। तर पनि मानिसहरूले त्यो जर्सीकै आधारमा उनलाई वर्तमान सरकारका समर्थकका रूपमा लिन्छन्। उनलाई मात्र होइन, अहिले ब्राजिललमा त्यो जर्सी लगाउने हरेक कोहीलाई वर्तमान सरकारको समर्थकका रूपमा लिइन्छ।

तर डी ओलिभिरियाजस्तै लाखौं ब्राजिलीहरूको बुझाइ छ, ‘पहेंलो र हरियो जर्सी वर्तमान सरकारका कारण विश्वप्रसिद्ध भएको होइन। त्यो त यसअघि नै पेले र रोनाल्डोजस्ता महान् खेलाडीले विश्वकपको सफलतासँगै विश्व प्रसिद्ध बनाएका थिए। पाँच पटकको विश्वकप विजेता ब्राजिल २० वर्षपछि सोही सफलता दोहोर्‍याउने लक्ष्यका साथ कतार यात्रामा निस्किनेछ।

तर अहिले त्यही जर्सी विवादित बनेको छ। यसले वर्तमान सरकार र विपक्षीबीच नयाँ बहस सुरु गराएको छ-ब्राजिलको जर्सी परिवर्तनको। मानिसहरू यसमा विभाजित भइरहेका छन्। त्यसो त यो रंगकै आधारमा यो जर्सी ब्राजिलको सरकारसँग जोडिएको यो पहिलो पटक होइन। सन् २०१४ बाटै ब्राजिलको जर्सी परिवर्तनको आवाज उठ्दै आएको छ।

‘सन् २०१४ बाट ब्राजिलको प्रख्यात पहेंलो र हरियो रंगको जर्सीलाई राजनीतिक रंग दिइयो,’ ब्रासेलिया विश्वविद्यालयका प्राध्यापक म्यथ्युज गाम्बा टोरेसले भने, ‘आठ वर्षअघि हजारौं नागरिक तत्कालीन राष्ट्रपति डेल्मा राउसेफको विरोधमा सडकमा उत्रिएका थिए। उनीहरू ब्राजिलको राष्ट्रिय झण्डाको रंगको टिर्सट लगाएर प्रदर्शनमा उत्रिएका थिए। सन् २०१८ मा सोही रंग वर्तमान राष्ट्रपति बोल्सोनारोले पुनः प्रयोगमा ल्याएका थिए।’

चार वर्षको अघि जस्तै यस पटक पनि बोल्सोनारोले आफ्नो प्रचार र्‍यालीमा हरियो, पहेंलो र नीलो रंगको झन्डा र टिसर्ट प्रयोग गरिहेका छन्।

प्रकाशित : , ०, ००९:५८

विश्वकपमा फेरी मेस्सीको राम-धुलाई गर्ने दाउमा एम्बाप्पे, सफल होलान् ?