आर्सनल र टोटेनह्याम आमने-सामने हुँदै: कसले मार्ला बाजी, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनलको वास्तविक परीक्षा हुँदैछ। प्रिमियर लिगका सात खेल खेल्दा सम्म शिर्ष स्थानमा रहन सफल आर्सनलले आज लन्डन डर्बीमा टोटेनह्याम विरुद्ध खेल्न लागेको हो।

आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ भने टोटेनह्याम लिगको तेस्रो स्थानमा रहेको छ। आर्सनलले सिजनक सात खेल खेल्दा मात्रै एक खेलमा हार बेहोरेको छ। आर्सनलले बाँकी ६ खेलमा जित निकालेको छ।

त्यस्तै टोटेनह्यामले भने सिजनका ७ खेल मध्ये ५ खेलमा जित निकाल्दा एक खेलमा पनि हार बेहोरेको छैन। टोटेनह्यामले सात खेलबाट १७ अंक बटुल्दा आर्सनलले १८ अंक बनाएको छ। आर्सनल घरेलु मैदानको फाइदा उठाउँदै टोटेनह्यामलाई पराजित गर्ने दाउमा हुनेछ भने टोटेनह्याम पनि आफ्नो जितको लयलाई निरन्तरता दिने पक्षमा हुनेछ।

गत सिजनका दुई खेल मध्ये एक खेलमा टोटेनह्याम र अर्को खेलमा आर्सनल विजयी भएको भएको थियो। तर प्रि सिजनको मैत्रीपूर्ण खेलमा भने टोटेनह्यामले आर्सनललाई पराजित गरेको थियो।

आजको खेलमा जित निकाल्न सकेको खण्डमा टोटेनह्याम शिर्ष स्थानमा उक्लिनेछ। त्यस्तै भने टोटेनह्यामलाई बराबरीमै रोक्न सकेपनि आर्सनल आज एकदिनका लागि शिर्ष स्थानमा रहनेछ।

आर्सनल र टोटेनह्याम बीचको खेल नेपाली समय अनुसार बेलुकी ५ बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ००८:१३

को हुन् त विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी ? हेरौं टप ५ खेलाडी !