सिल्भा भन्छन् – ‘नेयमार जादूगर हुन्, छुट्टिमा धेरै मेहेनत गरेका थिए’

एजेन्सी – चेल्सीका ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फरवार्ड नेयमारले छुट्टिमा धेरै मेहेनत गरेको बताएका छन्। फिफा विश्वकप कतार २०२२ को तयारी स्वरूप खेलिएको खेलमा ब्राजिलले ट्युनिसियालाई पराजित गरेपछि सिल्भाले छुट्टिमा नेयमारले धेरै मेहेनत गरेको बताएका हुन्।

खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सिल्भाले सन् २०२१-२२ को सिजन सकिएपछि नेयमारले कति मेहेनत गरेका थिए भन्ने आफूले राम्रोसँग देखेको बताए। सिल्भाका अनुसार नेयमार ब्राजिलमा हुँदा उनी पनि सँगै थिए।

सिल्भाले नेयमारलाई जादूगरको संज्ञा दिए। नेयमारले पिएसजीलाई मद्दत गर्न सबै कम गर्ने सिल्भाले बताए। करियरमा धेरै चोट भोगेको उल्लेख गर्न पनि सिल्भाले छुटाएनन्।

“नेयमार अविश्वसनीय छन्। उनी एक जादूगर नै हुन्। उनी ठूला चोटबाट गुज्रिएका छन्। तर यो वर्ष उनले छुट्टीको समयमा राम्रोसँग तयारी गर्न सके। म उनीसँगै थिएँ। उनले गरेको मेहेनत मैले देखेको छु, म उनीसँगै ब्राजिलमा थिएँ। नेमारले पीएसजीलाई मद्दत गर्न सबै थोक गर्छन्।”,सिल्भाले भने।

गत सिजन नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। जसका कारण उनको चर्को आलोचना समेत भएको थियो। सन् २०२१-२२ को सिजन सकिएपछिको छुट्टिको समयलाई पनि उनले राम्रोसँग सदुपयोग गरे। फलस्वरूप उनी छुट्टै स्तर र लयमा देखिएका छन्।

प्रकाशित : , ०, ०२०:००

मेस्सीलाई लिएर पिएसजीलाई एउटै चिन्ता !