शिर्ष चारबाट लिभरपुल आउट हुने भविष्यवाणी, त्यसो भए को-को अटाउँछन् त ?

एजेन्सी – आर्सनलका पूर्व डिफेन्डर ब्याकरी साग्नाले प्रिमियर लिगको जारी सिजनमा लिभरपुल शिर्ष चारमा नअटाउने दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा साग्नाले यस सिजन लिभरपुल शिर्ष चारमा पर्न गार्हो रहेको बताएका हुन्।

लर्ड पिङसँग कुरा गर्दै साग्नाले सिजनका सुरुवाती ७ खेलको प्रदर्शन हेर्दा लिभरपुल शिर्ष चारबाट बाहिरिन सक्ने सम्भावना देखिएको साग्नाले बताए। सिजनको सुरुवातमै लिभरपुलले धेरै अंक गुमाएको उनको भनाई छ।

“मलाई लाग्छ कि लिभरपुल यस सिजनको सुरुका ६ खेलहरूको आधारमा शीर्ष चारबाट बाहिर हुन सक्ने टोली हो। सुरुवातमै यति धेरै अंक गुमाउनु साँच्चै राम्रो संकेत होइन।”,साग्नाले भने।

लिगको शिर्ष स्थानमा रहेको आर्सनल भन्दा लिभरपुल ९ अंकले पछि रहेको उल्लेख गर्दै साग्नाले अंक दूरी घटाउन लिभरपुललाई धेरै गार्हो पर्ने बताए। लिभरपुल भन्दा अगाडी रहेका क्लबहरुले अंक नगुमाएको खण्डमा लिभरपुललाई गार्हो पर्ने साग्नाको भनाई छ।

उनी भन्छन्,”लिभरपुल शिर्ष स्थानको आर्सनल भन्दा ९ अंकले पछि छ। लिभरपुल भन्दा माथिका माथिका सबै टोलीहरू जित्दै जाँदा त्यो दूरी घटाउन गार्हो हुँदै जान्छ। यो लिभरपुलका खेलाडीहरूको लागि एक परीक्षा हुनेछ।”

आर्सनल, टोटनह्याम, म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष चारमा अटाउने र चौंथो स्थानका लागि लिभरपुल र चेल्सी बीच प्रतिष्पर्धा हुने साग्नाले भविष्यवाणी गरे।

उनले भने,”मलाई लाग्छ आर्सनल, टोटनह्याम, म्यानचेस्टर सिटी पक्कै शीर्ष चारमा पुग्नेछन्। त्यसपछि बाँकी एक स्थानका लागि लिभरपुल र चेल्सी बीच प्रतिष्पर्धा हुनेछ।”

प्रकाशित : , ०, ०१८:४४

सिल्भा भन्छन् – ‘नेयमार जादूगर हुन्, छुट्टिमा धेरै मेहेनत गरेका थिए’