लंगडो हुँदै बार्सिलोनाको डिफेन्स, आपतमा परे जाभी !

बार्सिलोनाले हेक्टर बेलेरिन आफ्नो बायाँ खुट्टामा चोट लागेको पुष्टी गरेको छ जसले उनलाई एक महिना सम्म मैदान बाहिर राख्न सक्छ। जब पानी पर्यो, बार्सिलोनाको लागि यो मुसलधारे रह्यो। एक खेल पनि नखेल्दा पनि जाभीका लागि धेरै खेलाडी घाइते भएका कारण गएको डेढ साता दुःस्वप्न बनेको छ। बेलेरिन फिजियो कोठामा आफ्ना धेरै टोलीका सहकर्मीसँग सामेल हुने अर्का खेलाडी बनेका छन्।

हप्ताको सुरुमा पूर्व आर्सनल राइट ब्याकले प्रशिक्षणमा केही असहज महसुस गरेपछि केही परीक्षणहरू हुने पुष्टि भएको थियो। परीक्षणको नतिजा आइसकेको छ र बार्सिलोनाले उनको बायाँ खुट्टामा चोट लागेको पुष्टि गरेको छ। रिपोर्टले दाबी गरे अनुसार चोटले स्पेनियार्डलाई तीन देखि चार हप्तासम्म मैदान बाहिर राख्नेछ, कम्तीमा छ खेल गुमाउन सक्छन्।

जाभीसँग हाल राइट-ब्याक विकल्प निकै कम हुँदै गएको छ किनकि जुल्स कुण्डे र रोनाल्ड अराउजो दुबै अन्तर्राष्ट्रिय ड्युटीमा घाइते भएका थिए र सर्जी रोबर्टोले केही हप्तादेखि आफ्नै समस्याको उपचार गरिरहेका छन्। हालै घोषणा गरेर अन्तराष्ट्रिय विश्राम सकेको टोलीमा लुइस एनरिकले पूर्व आर्सनल स्टारलाई नलिएपछि अब विश्वकपको टोलीमा भने आफू पर्ने लक्ष्यका साथ उनी उत्कृष्ट फुटबल खेल्न उत्सुक हुनेछन्।

प्रकाशित : , ०, ०१७:२९

सन् २०२० देखि कसले गरे सर्वाधिक अन्तराष्ट्रिय गोल: नम्बर एक हैनन् मेस्सी-रोनाल्डो कोही पनि, को त ?