अग्निपरीक्षा अगाडी आर्सनललाई झड्का !

एजेन्सी – झन्डै दुई साताको इन्टरनेसनल ब्रेकपछि क्लब फुटबल फिर्ता हुँदैछ। प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनलले इन्टरनेसनल ब्रेक पछिको पहिलो खेलमा तेस्रो स्थानमा रहेको टोटेनह्यामको सामना गर्दैछ।

सन् २०२२-२३ को सिजन सुरु भएपछि उच्च लयमा देखिएको आर्सनलको वास्तविक परीक्षण टोटेनह्याम विरुद्धको खेलमा हुनेछ। घरेलु मैदानमा हुने लन्डन डर्बीमा दुवै टोली जित निकाल्ने पक्षमा हुनेछन्।

तर टोटेनह्याम विरुद्ध जित निकाल्न आर्सनललाई त्यति सहज भने हुने छैन। आर्सनलका केहि खेलाडी चोटबाट गुज्रिरहेका छन्। केहि खेलाडी इन्टरनेसनल ब्रेक भन्दा अगाडी र केहि खेलाडी इन्टरनेसनल ब्रेकका क्रममा घाइते भएका हुन्।

लेफ्ट ब्याक ओलेक्सान्डर जिन्चेन्को पिडुल्लाको चोटबाट निको हुने क्रममा छन्। उनी इन्टरनेसनल ब्रेक अगाडी नै घाइते भएका हुन्। उनी आर्सनलको पछिल्लो खेलमै टोलीमा थिएनन्। जिन्चेन्को टोटेनह्याम विरुद्धको खेलका लागि उपलब्ध हुन्छन्-हुँदैनन् भन्ने अहिले सम्म टुंगो लागेको छैन।

इन्टरनेसनल ब्रेकका क्रममा किरन टियर्नी, थोमस पार्टे र ताकेहिरो टोमियासु घाइते भएको बताइन्छ। रिपब्लिक अफ आयरल्याण्ड विरुद्ध स्कटल्याण्डको भिडन्तमा टियर्नीलाई टाउकोमा चोट लागेको थियो। यसैबीच पार्टे घुँडाको समस्याका कारण घानाको टोलीबाट फर्किएका छन्।

जापानी राष्ट्रिय टोलीले एक विज्ञप्ति जारी गर्दै तोमियासुले “क्लब प्रतिबद्धता” को कारणले अन्तर्राष्ट्रिय कर्तव्य छोडेको दाबी गरेको थियो। त्यसयता उनलाई देखिएको छैन। उनी पनि घाइते रहेको बताइन्छ।

प्रकाशित : , ०, ०१६:२५

मेस्सी र रोनाल्डो दुबैले विश्वकप नजित्ने गुगलको दाबी, कसले जित्ने गर्यो त भविष्यवाणी !