मेस्सीको लय देखेर उत्साहित मेस्सी समर्थक, भन्छन् -‘ विश्वकप र आठौँ बालोन डी’ओर लोडिङ’

एजेन्सी – कतारमा हुने विश्वकप भन्दा अगाडीको अन्तिम अन्तर्राष्ट्रिय ब्रेकमा अर्जेन्टिनाले बुधबार बिहान जमैकाको सामना गर्यो। अर्जेन्टिनाले खेलको सुरुवातमै अग्रता लिएको थियो। रेड बुल एरिना ह्यारीसन न्यू जर्सीमा बुधबार बिहान भएको खेलको अर्जेन्टिनाका लागि १३औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेका थिए।

सो गोल पछि अर्जेन्टिनाले पहिलो हाफमा थप गोल गर्न सकेन। अर्जेन्टिनाबाट थप गोल हुन नसकेपछि अर्जेन्टिनाका प्रशिक्षकले लाउतारो मार्टिनेजलाई फिर्ता बोलाएर लियोनेल मेस्सीलाई मैदान प्रवेश गराए।

मेस्सी मैदान प्रवेश गरेपछि खेलले छुट्टै गति लिएको थियो। खेलले छुट्टै गति मात्र लिएन। मेस्सी मैदान प्रवेश गरेपछि अर्जेन्टिनाले दुई गोल थप्यो। ती दुवै गोल मेस्सीले गरेका थिए। खेलको ५६ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले खेलको अन्त्यतिर दुई मिनेटमा अन्तरमा दुई गोल गरेका हुन्।

खेलको ८७औं मिनेटमा मेस्सीले बक्स बाहिरबाट गोल गरेका थिए। त्यसको दोस्रो मिनेटमा मेस्सीले फ्री किकमा आगोल गर्न सफल भएका थिए। जमैका विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनी स्टार मेस्सीका समर्थक उत्साहित भएका छन्।

सामाजिक संजालमा यति बेला मेस्सी समर्थक मेस्सीले अर्जेन्टिनालाई विश्वकप दिलाउने दावी गरिरहेका छन्। एक मेस्सी समर्थक सामाजिक संजालमा लेख्छन्,”यो हो मेस्सी को कमल, मेस्सीले अर्जेन्टिनालाई यसपालि विश्वकप दिलाउँछन्-दिलाउँछन्।”

अर्का एकले सामाजिक संजालमा लेखेका छन्,”मेस्सीको अर्जेन्टिना उत्कृष्ट छ। ३५ खेलमा अपराजित र अझै गिन्ती बाँकी। आठौँ बालोन डी’ओर लोड हुँदैछ।”

मेस्सीको पछिल्लो लयका कारण उत्साहित मेस्सी समर्थकहरु मेस्सी विश्वकपका लागि तयार देखिएको बताइरहेका छन्। एक समर्थक लेख्छन्,”मेस्सीलाई हेर्दा सधैं आनन्द मिल्छ। तर पछिल्लो प्रदर्शन हेर्दा यस्तो लाग्छ, उनी विश्वकपका लागि तयार छन्।”

प्रकाशित : , ०, ०१५:२१

सबैभन्दा बलियो आक्रमण पङ्क्ति लिएर विश्वकपमा जाँदैछन् यी ६ टोली !