साउदीका प्रशिक्षक भन्छन्-“यो पटक विश्वकप जित्ने पालो मेस्सी कै हो”

साउदी फुटबल टोली अल हिलालका प्रशिक्षक रामोन डियाजले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई यस वर्षको अन्त्यमा कतारमा हुने २०२२ फिफा विश्वकपमा आफ्नो देशको नेतृत्व गर्न समर्थन गरेका छन्।

नोभेम्बर २२ मा साउदी अरेबियासँगको भिडन्तबाट अर्जेन्टिनाले विश्वकप यात्रा सुरु गर्दा सबैको नजर लियोनल मेस्सीमा हुनेछ। फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक मानिने पेरिस सेन्ट जर्मेन (पीएसजी) सुपरस्टारले सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुँदै विश्वकप उपाधि जित्नबाट बन्चित भएका थिए।

३५ वर्षीय मेस्सीले यस वर्षको अन्त्यमा आफ्नो अन्तिम विश्वकप प्रतियोगितामा भाग लिन सक्नेछन्, र डियाजले यसलाई उपाधिमा परिणत गर्न सात पटकको ब्यालोन डी’ओर विजेतालाई समर्थन गरेका हुन्। उनको टोलीले पेनाल्टीमा जमालेकलाई हराएपछि बोल्दै, डियाजले भने (अल्बावाबा मार्फत): “यस पटक जित्ने उनको पालो हुनेछ।”

उनले थपे: “अर्जेन्टिना राम्रो टोली हो र मेस्सीले हरेक टोलीलाई सधैं सहज महसुस गराउँछ।” २०२२ फिफा विश्वकप लियोनल मेस्सीको लगातार पाँचौं विश्वकप हुनेछ। पीएसजी फरवार्डले दक्षिण अमेरिकी टोलीका लागि हालसम्म १९ विश्वकप खेल खेलेका छन् जसमा ६ गोल र ५ असिस्ट गरेका छन्।

२०२१ मा ब्राजिलको माटोमा कोपा अमेरिका जितेको लियोनेल स्कालोनीको अर्जेन्टिना ३३ खेलको अपराजित यात्रामा रहेको छ। सन् २०२२ को फिफा विश्वकपमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँगै अर्जेन्टिना समूह सीमा रहेको छ।

प्रकाशित : , ०, ०१६:०५

बेन्जेमाको स्थानमा म्याड्रिडले एम्बाप्पे र हालान्ड मध्ये एक अनुबन्ध गर्ने !