यी ५ कारण किन बार्सिलोनाले पछार्न सक्छ बार्यन म्युनिखलाई !

बार्सिलोनाले २०२२-२३ सिजनको पहिलो ठूलो परीक्षाको सामना गर्नेछ जब उनीहरुले युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिखसँग खेल्न एलियान्ज एरिनामा यात्रा गर्नेछन्। च्याम्पियन्स लिगको उद्घाटन खेलमा क्याटालान्सले भिक्टोरिया प्लजेनलाई ५–१ ले हराएको थियो भने बायर्न म्युनिखले इन्टर मिलानलाई २–० ले पराजित गरेको थियो।

गत सिजन युरोपको एलिट प्रतिस्पर्धाको समूह चरणहरू पार गर्न असफल भएपछि, जाभी हर्नान्डेजको टोली यस पटक भने परिस्थिति परिवर्तन गर्न उत्सुक हुनेछ। बार्सिलोनाले तिनीहरूले क्याडिजलाई ४-० ले हराएको छ तर बाभेरियन तुलनात्मक रूपमा शक्तिशाली प्रतिस्पर्धी भए पनि क्याटालान क्लब आफ्नो लयलाई उच्च-प्रोफाइल भिडन्तमा लैजान आशा गर्नेछ।

बार्सिलोनाले पछिल्लो तीन खेलमा बायर्न म्युनिखसँग सबै प्रतियोगितामा हार बेहोरेको छ। तर त्यहाँ राम्रो मौका छ कि बार्सिलोनाले आज राती जुलियन नागेल्सम्यानको टोलीसँग बदला लिनेछन्। यस्तोमा, थप कुरा नगरी बार्सिलोनाले बायर्न म्युनिख विरुद्ध जित्न सक्ने पाँच कारण बारे जानौं।

५. ठूला खेलमा जाभीको उत्कृष्ट रेकर्ड 

केही ठूला खेलमा जाभीको रेकर्ड: ४-० भर्सेस रियल म्याड्रिड, ४-२ भर्सेस एथलेटिको म्याड्रिड, ५-३ भर्सेस नापोली, ३-० भर्सेस सेभिल्ला, ३-३ भर्सेस म्यानचेस्टर सिटी ।

४. बार्सिलोनाको बेन्चमा रहेको विकल्प 

बार्यन म्युनिख विरुद्ध सम्भावित बेन्च: अन्सु फाती, फेरान टोरेस, फ्रेन्की डे जोंग, फ्रान्क केसी, क्रिस्टीयनसन, बेलेरिन, अलोन्सो, पिके आदि ।

३. बार्यनको खाराब लय 

म्युनिखका पछिल्ला केही खेल: पछिल्ला ५ खेलमा २ जित, पछिल्ला ३ बुन्डेसलिगा खेलमा बराबरी मात्र निकाल्न सफल।

२. नयाँ सिजनमा बार्सिलोनाको बलियो सुरुवात 

बार्सिलोना यस सिजन: ०-० भर्सेस भालेकानो, ४-१ भर्सेस रियल सोसीडाड, ३-० भेर्सेस सेभिल्ला, ४-० भर्सेस भालाडोलिड, ५-१ भर्सेस भिक्टोरिया प्लिजेन, ४-० भर्सेस काडिज।

१. द रोबर्ट लेवान्डोस्की फ्याक्टर 

यस सिजन लेवा: बार्सिलोनाका लागि ६ खेलमा ९ गोल

प्रकाशित : , ०, ०१३:४१

पेड्रि-“रोनाल्डो उत्कृष्ट गोलकर्ता भएपनि मेस्सी पूर्ण खेलाडी हुन्, मेस्सी नै बेस्ट हुन्”