एम्बाप्पे भन्छन्-“च्याम्पियन्स लिग फाइनल हार्दा भक्कानो छोडेर रुन मात्र मन लाग्थ्यो”

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार किलियन एम्बाप्पे युइएफए च्याम्पियन्स लिग जित्न आतुर छन् र उनी सन् २०२० मा त्यसको नजिक पनि पुगेका थिए। तर फ्रेन्च क्लब जर्मन क्लब बार्यन म्युनिखसँग फाइनल खेलमा १-० ले पराजित हुन पुग्यो।

यस्तोमा, हालै मात्र फ्रेन्च स्टारले उक्त हारको दुख व्यक्त गर्दै उक्त हार आफ्नो करियर कै सबैभन्दा नराम्रो रहेको बताएका छन्। आफ्नो करियरको सबैभन्दा नमिठो हारको बारेमा प्रश्न गर्दा एक अन्तर्वार्तामा एम्बाप्पेले भने,”जब मैले पेरिससँग च्याम्पियन्स लिगको फाइनलमा हारें। एक खेल जित्ने मेडल लिने कप हातमा बोक्ने। त्यति काम थियो तर त्यो मेरो लागि हुन सकेन। निकै नराम्रो महशुस भएको थियो तर यही जीवन हो।”

“इमान्दार भएर भन्नु पर्दा मलाई रुन मन लागेको थियो, डाँको छोडेर रुन लागेको थियो। एक्लो हुन मात्र मन लाग्यो। तर यो इतिहास हो अब यसबाट पाठ सिकेर अगाडी बढ्नु पर्छ,” उनले थपे।

निकै बलियो टोली निर्माण गरेको पीएसजीलाई यस सिजन च्याम्पियन्स लिग जित्ने प्रबल दाबेदारको रूपमा हेरिएको छ। फ्रेन्च क्लबले यस सिजनको प्रतियोगिता गत हप्ता मात्र इटालियन क्लब युभेन्टसलाई पराजित गर्दै उत्कृष्ट तरिकाले सुरु गरेको छ। युभेन्टस माथि २-१ को जित निकालेको खेलमा पीएसजीका लागि दुबै गोल एम्बाप्पेले गरेका थिए।

प्रकाशित : , ०, ०१७:३६

च्याम्पियन्स लिगको खेल अगाडी लिभरपुललाई अर्को झड्का, थप अर्का खेलाडी घाइते भए !