जब हाजार्डले भने- “को रोनाल्डो ? मेस्सी मात्र हुन् फुटबलका ‘गोट'”

रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको ‘गोट’ बहसलाई लिएर दिएको टिप्पणी हाल पुन: चर्चामा आएको छ।

रोनाल्डो र मेस्सीको पौराणिक जोडीलाई सबै समयका उत्कृष्ट खेलाडीमध्ये मानिन्छ। यी दुई मध्ये को उत्कृष्ट भन्ने बहस कहिल्यै अन्त्य नहुने विषय बनेको छ। कोही अर्जेन्टिनी स्टारलाई रुचाउँछन् भने कोहीले पोर्चुगिज स्टारलाई उत्कृष्ट सोच्छन्। तर, सन् २०१८ मा तत्कालिन चेल्सी खेलाडी इडेन हाजार्डले पेरिस सेन्ट जर्मेनका खेलाडीलाई छनोट गरेका थिए।

उनले यसो भने: “दुई ‘गोट’ तपाईं भन्नुहुन्छ? हैन। त्यहाँ एउटा मात्र ‘गोट’ (सबै समयको सबैभन्दा उत्कृष्ट) छन्: लियोनल मेस्सी! बार्सिलोना विरुद्ध ती दुई खेलहरू २०१८ को मेरो सबैभन्दा राम्रो सम्झना थिएनन्। म बार्सिलोना र मेस्सी विरुद्ध खेल्न पाउँदा खुसी थिएँ, तर मैले सोचे जस्तो प्रदर्शन गर्न सकिन।”

रोनाल्डोले आफ्नो करियरमा क्लब र देशका लागि ८१५ गोल गरेका छन्, जुन कुनै पनि फुटबलरले गरेको सबैभन्दा धेरै हो। पोर्चुगिज फरवार्ड ६९८ गोलसहित क्लब फुटबलको इतिहासमा सर्वाधिक गोलकर्ता पनि हुन्। उनी ११७ गोलका साथ अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन सर्वाधिक गोलकर्ता पनि रहेका छन्। पोर्चुगिज कप्तानले आफ्नो करियरमा ५ ब्यालोन डी ओर उपाधि जितेका छन्।

अर्कोतर्फ, पीएसजी स्टारले आफ्नो करियरमा अहिलेसम्म ७७३ गोल गरेका छन्। बार्सिलोनाका पूर्व स्टार सात पटकको ब्यालोन डी ओर विजेता हुन्।

प्रकाशित : , ०, ०१३:१८

भान डाइकको प्रशंसा गरेर थाकेनन् नेयमार, बुद्धिमानी र बलियो भएको दावी !