अलमुताइरीले छाडे नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै यस्तो घोषणा गरेका हुन्। उनले लेखे,”नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु। खुशी, माया, दु:ख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद। एउटा टोली, जय नेपाल”

प्रकाशित : , ०, ०१६:३३

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए