नेयमार भन्छन् – “मेस्सी र हाम्रो अगाडी धेरै चुनौती छन्, तर मिलेर सबै कठिनाइहरू पार गर्ने छौँ”

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार जुनियरले धेरै समय पछि नयाँ क्लबमा खेल्न परेका कारण गत सिजन लियोनेल मेस्सीलाई केहि कठिन भएको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा नेयमारले जीवनमा लामो समय पछि धेरै परिवर्तन भएका कारण गत सिजन मेस्सीका लागि केहि कठिन भएको बताएका हुन्।

सो अन्तर्वार्ताका क्रममा नेयमारले बार्सिलोना छाडेर पिएसजी आएपछि मेस्सीलाई आफूले धेरै सहयोग गर्न सकेको बताए। नेयमारका अनुसार उनले मेस्सीलाई प्रशिक्षणमा धेरै सहयोग गरेका थिए। एकै क्लबमा रहेर लामो समय खेलेपछि अर्को क्लबमा सेटल हुन समय लाग्ने र मेस्सीलाई पनि त्यस्तै भएको नेयमारको भनाई छ।

“मैले लियोलाई लामो समयदेखि चिनेको छु। मैले मेस्सीलाई प्रशिक्षणमा यहाँ केहि मद्दत गर्न सकें। यस्तो परिवर्तन गर्न गाह्रो छ किनभने उनले धेरै वर्षदेखि बार्सिलोनामा रहेका खेलेका थिए। तर अहिले सबै परिवर्तन भएको छ। व्यक्तिगत मात्र नभई पारिवारिक रुपमा पनि धेरै कुराहरु परिवर्तन भएका छन्।”,नेयमारले भने।

गत सिजन जे जस्तो भएपनि अहिले भने मेस्सी सहज महसुस गरिरहेको नेयमारले बताए। मेस्सीले पिएसजीमा आनन्द लिउन् र आफू पनि मेस्सीसँगै लिने नेयमारको चाहना छ।

उनले भने,”यो गाह्रो छ, तर मलाई लाग्छ कि उनले अहिले राम्रो गरिरहेको छन्। म चाहन्छु कि पिएसजीमा उनलाई आनन्द होस् र हामी दुबैले सँगै रमाइलो गर्न सकौं। हामीलाई थाहा छ हामी अगाडि धेरै कठिनाइहरू छन्। तर म पक्का छु कि हामी कठिनाइहरूलाई सहजै पार गर्न सक्नेछौं।”

प्रकाशित : , ०, ०१०:००

च्याम्पियन्स लिगमा रोबर्ट लेवान्डोस्कीले बनाए मेस्सी-रोनाल्डोले समेत बनाउन नसकेको रेकर्ड !