‘लिभरपुलले नुनेज होइन २६ वर्षिय यी स्ट्राइकरलाई भित्र्याएको भए कमाल हुन्थ्यो’

एजेन्सी – पिटरबरो युनाइटेडका अध्यक्ष ड्यारेन म्याकएन्थोनीको भनाईलाई मान्ने हो भने प्रिमियर लिग क्लब लिभरपुलले डार्विन नुनेजको स्थानमा इभान टोनीलाई अनुबन्ध गरेको भए धेरै राम्रो हुन्थ्यो। एक कुराकानीका क्रममा म्याकएन्थोनीले नुनेज भन्दा पनि टोनी लिभरपुलका लागि राम्रो हुने बताएका हुन्।

द हार्ड ट्रुथ पोडकास्टका क्रममा म्याकएन्थोनीले लिभरपुलले डार्विन नुनेजको सट्टा ब्रेन्टफोर्ड स्ट्राइकर इभान टोनीलाई अनुबन्ध गरेको भए धेरै राम्रो हुने बताए। म्याकएन्थोनीका अनुसार प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका टोनी लिभरपुलमा सहजै सेटल हुन सक्थे।

“लिभरपुलमा नुनेजको करियर धेरै राम्रो हुन सक्ला। भविष्यमा उनले कमाल नै गर्लान्। तर २६ वर्षिय इभान टोनी किनेको भए लिभरपुलले सिधै लाभ लिन सक्थ्यो। ८५ मिलियन पाउण्ड मूल्यको नुनेज ठीक कि प्रिमियर लिगमा स्थापित भइसकेका टोनी ठीक ? को हो राम्रो नम्बर नाइन ? लिभरपुल डाइरेक्ट टीम हो। धेरै जस्तो गोल फुल ब्याक र क्रसबाट आउँछन्। यस्तोमा टोनीले २५ गोल सम्म गर्न सक्थे, सक्दैनथे होला ?”,म्याकएन्थोनीले भने।

नुनेज यसै सिजन लिभरपुल आइपुगेका हुन् भने टोनी केहि वर्ष देखि ब्रेन्टफोर्डमा छन्। ब्रेन्टफोर्ड प्रिमियर लिगमा आउनु भन्दा अगाडी देखि नै उनी क्लबमा छन्। प्रिमियर लिगमा उनले दुई सिजन बिताइसकेका छन्। उनले गत सिजन ब्रेन्टफोर्डका लागि कुल ३३ खेलमा १२ गोल गरेका थिए भने ५ असिस्ट दिएका थिए।

त्यस्तै यस सिजन पनि उनले ६ खेलमा ५ गोल गरिसकेका छन्। त्यस्तै उनको नाममा दुई असिस्ट पनि छ। तर नुनेजले भने प्रिमियर लिगमा मात्रै एक गोल गरेका छन्। उनले ३ खेलमा एक असिस्ट पनि दिएका छन्। नुनेजले लिभरपुलमा अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्।

प्रकाशित : , ०, ०२२:३०

बार्सिलोनाबाट च्याम्पियन्स लिग डेब्यूमै लेवान्डोस्कीको ह्याट्रिक, बार्सिलोनाको सानदार जित !