एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका युवा स्टार एर्लिङ हालाण्ड च्याम्पियन्स लिगका २० खेलमै २५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा सिटीले स्पेनिस क्लब सेभिया विरुद्ध दुई गोल गरेसँगै हालाण्ड च्याम्पियन्स लिगका २० खेलमै २५ गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
मंगलबार राति भएको खेलमा सिटीले सिटीले स्पेनिस क्लब सेभियालाई ४-० को गोल अन्तरले पराजित गर्यो। सो खेलमा हालाण्ड एक्लैले दुई गोल गरे। खेलको २०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल पहिलो गोल गरे भने ६७औं मिनेटमा दोस्रो गोल गरे। दोस्रो गोल हालाण्डले फिल फोडेनको पासमा गरेका थिए।
च्याम्पियन्स लिग तथ्यांकको कुरा गर्ने हो भने हालाण्डले हरेक ६३ मिनेटमा एक गोल गरिरहेका छन्। च्याम्पियन्स लिगका शिर्ष गोलकर्ता क्रिस्टियानो रोनाल्डोले पहिलो २० च्याम्पियन्स लिग खेलमा एक गोल पनि गरेका थिएनन्। तर हालाण्डले पहिलो २० खेलमा नै २० गोल गरिसकेका छन्।
हालाण्डले प्रत्येक ६३ मिनेटमा औसत एक गोल गरिरहँदा किलियन एम्बाप्पेले प्रत्येक १२० मिनेटमा औसत एक गोल गरिरहेका छन्। एर्लिङ हालान्डको गोल प्रति मिनेटको अनुपात च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा उच्च रहेको छ। च्याम्पियन्स लिग गोलको मामलामा हालाण्ड भन्दा बढी गोल गर्ने ३६ खेलाडी मात्रै छन्।
सन् २०२२-२३ को सिजनमा हालाण्डले सिटीका लागि सबै प्रतियोगितामा कुल ८ खेल खेलेका छन्। जसमा उनले १२ गोल गरिसकेका छन्। यस्तै हालाण्डको नाममा एक असिस्ट पनि छ।