च्याम्पियन्स लिगमा पिएसजीले युभेन्टसलाई हरायो, एम्बाप्पे एक्लैको दुई गोल !

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।पिएसजीले घरेलु मैदानमा युभेन्ट्समाथि २–१ को महत्वपूर्ण जित निकालेको हो । पिएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्दा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको पाँचौ मिनेटमो एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।

२२औं मिनेटमा एमबाप्पेले अर्काे गोल थप्दै टोलीको अग्रता दोब्बर पारे । यसपटक एमबाप्पेले अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए । ५३औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।

यस जितसँगै पिएसजीले समूह ‘एच’ मा ३ अंक जोडेको छ । समान ३ अंक नै भएपनि बेन्फिका पिएसजीभन्दा अघि छ । यही समूहको अर्काे खेलमा बेन्फिकाले माकावी हाइफालाई २–० ले पराजित गरेको छ ।

नतिजा

समूह ‘ई’ – डिनामो जाग्रिवविरुद्ध चेल्सी (१–०) र साल्जवर्गविरुद्ध एसी मिलान (१–१) / समूह ‘एफ’ – सेल्टिकविरुद्ध रियल म्याड्रिड (०–३) र आरबी लाइप्जिगविरुद्ध साख्तर डोनेस्क (१–४)

समूह ‘जी’ – डर्टमुन्डविरुद्ध एफसी कोपेनहेगन (३–०) र सेभियाविरुद्ध म्यानचेस्टर सिटी (१–४) / समूह ‘एच’ – बेन्फिकाविरुद्ध माकावी हाइफा (२–०) र पिएसजीविरुद्ध युभेन्ट्स (२–१)

प्रकाशित : , ०, ००८:४०

खेलको सुरुवातमै बेहोरेको गोलले डुबायो चेल्सीलाई !