पूर्व खेलाडीले रोनाल्डो माथि गरे तुच्छ टिप्पणी – “रोनाल्डो च्याम्पियन्स लिग स्तरका खेलाडी रहेनन्, त्यसै त कसैले भित्र्याएन”

एजेन्सी – आर्सनलका पूर्व मिडफिल्डर इमानुएल पेटिटले म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग खेल्न योग्य नरहेको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेटिटले रोनाल्डो च्याम्पियन्स लिग खेल्न योग्य नरहेको दावी गरेका हुन्।

ले पेरिसियनसँग कुरा गर्दै पेटिटले रोनाल्डो च्याम्पियन्स लिग स्तरको खेलाडी नरहेको मात्र बताएनन्, रोनाल्डो पहिला जस्तो घातक नरहेको पनि दावी गरे। उमेर र पारिश्रमिकका कारण पनि जनवरी ट्रान्सफर विन्डोमा च्याम्पियन्स लिग खेल्ने कुनै क्लबले रोनाल्डो भित्र्याउन नखोजेको पेटिटले बताए। रोनाल्डो ३७ वर्ष पुगिसकेको हुँदा उनी च्याम्पियन्स लिगमा नभएको देखेर अचम्म मान्नुनपर्ने पेटिटको भनाई छ।

“रोनाल्डो ३७ वर्षको भइसकेका छन्। यो उमेरमा उनी च्याम्पियन्स लिग नहुने कुराले मलाई चकित पारेको छैन। रोनाल्डोको उमेर पनि त भयो नि। उनी पहिला जस्तो घातक रहेनन्। उनी पहिला जस्तै घातक हुन्थे भने उनलाई क्लब खोज्न गार्हो पर्ने थिएन। उनले च्याम्पियन्स लिग खेल्ने क्लब नभेट्नुको एक कारण उनको उमेर थियो। साथै उनको उच्च पारिश्रमिकले पनि त्यसमा केहि भूमिका खेल्यो।”,पेटिटले भने।

रोनाल्डोले उच्च स्तरमा खेल्न शुरु गरेपछि कुनै च्याम्पियन्स लिग नछाडेका कारण केहि उनी बिनाको च्याम्पियन्स लिग केहि अनौठो भने पक्कै हुने पेटिटले बताए। कहिल्यै च्याम्पियन्स लिगमा नछुटेको कारण रोनाल्डोले युनाइटेड छाड्ने प्रयास गरेको पेटिटको बुझाई छ।

उनले भने,”यो अनौठो हुन गइरहेको छ, तर यो केही हदसम्म तार्किक छ। उनी यो प्रतियोगिता कहिल्यै छुटेका छैनन्। त्यसैले उनले म्यानचेस्टर युनाइटेडबाट बाहिरिने प्रयास गरे। तर यो पनि हो कि उनी पूरानो स्तरमा रहेनन्।”

प्रकाशित : , ०, ०२१:२९

नेयमारसँगको सम्बन्ध बारे एम्बाप्पेले मुख खोले, भने – ‘कुनै समय हामी बेस्ट फ्रेन्ड थियौं’