हामी २०२२ ब्यालोन डी’ओर समारोहबाट एक महिना मात्र टाढा छौं। ६६औँ वार्षिक ब्यालोन डी’ओर समारोह अक्टोबर १७ मा हुनेछ। यो वर्ष सन् २०२२ फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा हुने भएकोले ब्यालोन डी’ ओर समारोह छिट्टै आयोजना गरिने भएको हो।
ब्यालोन डी’ओर फुटबलमा सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार हो। यो फ्रान्सेली समाचार पत्रिका ‘फ्रान्स फुटबल’ द्वारा एक क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने फुटबलरलाई प्रस्तुत गरिने व्यक्तिगत आवर्ड हो। मिडियाका प्रतिनिधि, राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकको मतको संयोजनको आधारमा विजेता छनोट गरिन्छ।
त्यहाँ धेरै खेलाडीहरू छन् जसले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन्। यो लगभग निश्चित छ कि हामीसँग यस पटक नयाँ ब्यलोन डी’ओर विजेता हुनेछ। थप कुरा नगरी, सेप्टेम्बर ५ मा यस प्रतिष्ठित पुरस्कार जित्नको लागि शीर्ष पाँच दाबेदार बारे जानौं।
५. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन/फ्रान्स)
४. भिनीसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल)
३. रोबर्ट लेवान्डोस्की (बार्सिलोना/पोल्याण्ड)
२. साडियो माने (बार्यन म्युनिख/सेनेगल)
१. करिम बेन्जेमा (रियल म्याड्रिड/फ्रान्स)