गोल्डेन बुट दौडमा हालाण्डको दबदबा, सलाह-रोनाल्डोको भने बेहाल ! को कति स्थानमा ?

एजेन्सी – यसै सिजन जर्मन क्लब बरुसिया डर्टमण्डबाट प्रिमियर लिग आएका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले सिजनको शुरुवातमै प्रिमियर लिग गोल्डेन बुट माथि धावा बोलेका छन्। प्रिमियर लिगमा चल्छन्-चल्दैनन् भन्ने विषयमा बहस भैरहेका बेला हालाण्डले प्रिमियर लिगको गोल्डेन बुटमा सिधै धावा बोलेका हुन्।

हालाण्डले प्रिमियर लिगका ६ खेल मध्ये पाँच खेलमा गोल गरेका छन्। जसमध्ये दुई खेलमा त हालाण्डले ह्याट्रिक नै गरेका छन्। सिजनको चौंथो खेलमा क्रिस्टल प्यालेस विरुद्ध उनले प्रिमियर लिगको पहिलो ह्याट्रिक पूरा गरेका थिए।

त्यसको एक साता नबित्दै नटिङहम फरेस्ट विरुद्धको खेलमा पनि ह्याट्रिक गरे। त्यस्तै छैठौं खेलमा एस्टन भिल्ला विरुद्ध पनि हालाण्डले गोल गरे। आइतबार राति भएको खेलको ५०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए। सो गोल सँगै प्रिमियर लिगमा हालाण्डको गोल संख्या १० पुगेको छ।

प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको सूचीको शिर्ष स्थानमा हालाण्ड छन्। हालाण्डलाई फुलह्यामका एलेक्जेन्डर मित्रोभिकले पछ्याइरहेका छन्। प्रिमियर लिगमा उनको ६ गोल छ। टोटेनह्यामका ह्यारी केनको ५ गोल छ।

गत सिजनहरुमा उच्च प्रदर्शन गर्दै आएका लिभरपुलका मोहम्मद सलाह गोल्डेन बुट दौडमा धेरै पछि परेका छन्। सलाहले जारी सिजनमा मात्रै दुई गोल गरेका छन्। सलाह अहिले गोल्डेन बुट दौडमा १४ औं स्थानमा रहेका छन्।

त्यस्तै सलाह जस्तै गत सिजनका गोल्डेन बुट विजेता सन ह्युङ-मिन पनि गोल्डेन बुट दौडमा देखिएका छैनन्। उनले त गोलको खाता नै खोल्न बाँकी छ। गत सिजन सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेड का स्टार क्रिस्टियानो रोनाल्डोले पनि खाता खोल्न बाँकी नै छ।

प्रकाशित : , ०, ०१८:०५

डेब्यु खेलमै एन्टोनीको गोल, चम्किए रासफर्ड पनि !