चेल्सीले जित निकाल्न ‘पापड पेल्न’ पर्यो, लिभरपुललाई पछि पार्दै पाँचौ स्थानमा उक्लियो !

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लन्डन क्लब चेल्सीलेजित हासिल गरेका छ । चेल्सीले घरेलु मैदानमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै छिमेकी प्रतिद्वन्द्वी वेस्ट ह्यामलाई २-१ ले पराजित गर्यो ।

निकै तनावपूर्ण खेलमा वेस्ट ह्यामले खेलको अधिकांश समय चेल्सीलाई आक्रमण गर्न नदिएपनि खेलाडी परिवर्तन गरेसँगै घरेलु टोलीले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो । चेल्सीको जितमा बेन्चबाट मैदान छिरेका बेन चिल्वेलले गोल र असिस्ट दिए ।

वेस्ट ह्यामले ६२ औं मिनेटमा मिकेल एन्टोनियोको गोलमा अग्रता लिएको थियो । कर्नरमा चेल्सीका गोलरक्षक एडुआर्ड मेन्डीले गल्ति गर्दा एन्टोनियोले त्यसको फाइदा उठाए । तर १४ मिनेटपछि नै चेल्सी खेलमा फर्कियो । चिल्वेलले निकै कठिन एंगलबाट गोल गर्दै खेल बराबर गरे ।

वेस्ट ह्यामका लागि यसै सिजन क्लबमा भित्रिएका म्याक्सवेल कर्नेटले खेल जिताउने सुवर्ण अवसर पाएका थिए । तर उनको हेडर पोस्टमा लागेपछि चेल्सीले अर्कोतर्फ गोल गर्ने अवसर पायो । चिल्वेलको क्रसमा काइ हाभर्टजले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

खेलको अन्तिम समयतिर वेस्ट ह्यामले गोल फर्काएपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन । कोर्नेटले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यस मुभका दौरान गोलरक्षक मेन्डीमाथि फल भएको जनाउँदै गोल मान्य भएन ।

यस जितले चेल्सी अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा ३ जित, १ बराबरी र २ हार्र रहेको छ । वेस्ट ह्याम भने ६ खेलमा ४ अंकसहित १८ औं स्थानमा छ ।त्यसअघि दिनको पहिलो खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका थिए ।

प्रकाशित : , ०, ००४:४६

चम्किए मेस्सी र एम्बाप्पे, पिएसजीको अपराजित यात्रा कायमै !