चेल्सीले तोड्यो सबै रेकर्ड, प्रिमियर लिगको इतिहाँसमा कसैले गर्न नसकेको खर्च गर्यो ! कति ?

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले ट्रान्सफर रेकर्ड तोडेको छ। समर ट्रान्सफर विन्डोको शुरुवात देखि नै ट्रान्सफर बजारमा आक्रामक देखिएको चेल्सीले इतिहाँसकै सर्वाधिक खर्च गरेको हो। यस वर्षको समर ट्रान्सफर विन्डोमा चेल्सीले २ सय ५५ मिलियन पाउण्ड खर्च गरेको छ। प्रिमियर लिगको इतिहाँसमा कहिले पनि कुनै क्लबले यति धेरै एकै ट्रान्सफर विन्डो खर्च गरेको रेकर्ड छैन।

थप कुरा के हो भने, रियल म्याड्रिडले सन् २०१९ को समरमा एडेन हाजार्डलाई अनुबन्ध गरेपछि, स्थानान्तरण इतिहासमा एउटै क्लबले खर्च गरेको यो दोस्रो सबैभन्दा ठूलो खर्च हो। यससँगै स्वामित्व परिवर्तनपछि पनि चेल्सीले ट्रान्सफर बजारमा खुलेर खर्च गर्छ भन्ने संकेत मिलेको छ। चेल्सीका नयाँ मालिक टोड बोहलीले खर्चको कुनै कमि हुने छैन भन्ने कुरा प्रमाणित गर्न सफल भएका छन्।

यस ट्रान्सफर विन्डोमा चेल्सीले कुल ८ खेलाडी भित्र्यायो। त्यसमध्ये सबै भन्दा बढी रकम वेस्ले फोफानामा खर्च भयो। लेस्टर सिटीका डिफेन्डर फोफानाका लागि चेल्सीको ७२ मिलियन पाउण्ड खर्च भएको छ।

त्यस्तै ब्राइटनबाट मार्क कुकुरेलालाई किन्दा चेल्सीले ५९ मिलियन पाउण्ड खर्च गर्यो। चेल्सीले रहिम स्टर्लिङलाई ५१ मिलियन पाउण्डमा भित्र्याउँदा कालिडो कोउलिबालीका लागि ३४ मिलियन खर्च गर्यो।

पियरे-एमरिक औबामेयाङका लागि भने चेल्सीले खासै ठूलो रकम खर्च गर्न परेन। औबामेयाङ भित्र्याउँदा चेल्सीले ११ मिलियन मात्र खर्च गर्यो। कार्नी चुकुवेमेकालाई भित्र्याउन चेल्सीले १६ मिलियन खर्च गर्दा गेब्रियल स्लोनिनाका लागि ८ मिलियन पाउण्ड खर्च भयो। यस्तै चेल्सीले डेनी जाकारियालाई युभेन्टसबाट लोनमा भित्र्याएको छ। त्यसमा चेल्सीले ३ मिलियन पाउण्ड खर्च गरेको छ।

प्रकाशित : , ०, ०११:१३

मजा-मजा मै सेभिल्लालाई ध्वस्त गर्दियो बार्सिलोनाले, लेवान्डोस्कीले बनाए यस्तो किर्तिमान !