बार्सिलोनाले सेभियालाई ध्वस्त पार्यो, दोस्रो स्थानमा उक्लियो !

एजेन्सी – स्पेनिस लालिगामा क्याटलान क्लब बार्सिलोनाले सेभिया विरुद्ध सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसैको घरेलु मैदानमा पराजित गरेको हो।

सेभिया विरुद्धको खेलमा बार्सिलोनाले बलमा बढी नियन्त्रण मात्र राखेन, राम्रो आक्रमण पनि गर्यो। बलमा बार्सिलोनाको ५५ प्रतिशत नियन्त्रण थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल १८ प्रहार भएका थिए। जसमध्ये ७ प्रहार टार्गेटमा थिए। त्यस्तै सेभियाको तर्फबाट भने कुल ९ प्रहार भएका थिए। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत भने हुन सकेनन्।

बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक ग्रासियाले एक-एक गोल गरे। खेलको २१ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए। लेवान्डोस्कीको प्रहारलाई सेभियाका फेर्नान्डोले क्लिएर गरेको बललाई हेड गर्दै राफिन्हाले गोल गर्न सफल भएका थिए। ललिगामा राफिन्हाको यो पहिलो गोल हो।

त्यस्तै खेलको ३६ औं मिनेटमा बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनायो। सो गोल लेवान्डोस्कीले गरेका थिए। सो गोलका लागि सेभियाका पूर्व डिफेन्डरले लेवान्डोस्कीलाई पास दिएका थिए। यस्तै तेस्रो गोलका लागि पनि जुलेस काउन्डेले नै असिस्ट दिएका थिए।

खेलको ५० औं मिनेटमा काउन्डेको पासमा एरिक ग्रासियाले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारे। त्यसपछि पनि बार्सिलोनाको तर्फबाट केहि राम्रा प्रहार भए। तर थप गोल भने हुन सकेन।

सेभिया विरुद्धको खेलमा जित निकालेसँगै बार्सिलोना लालिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले सिजनका चार खेल मध्ये ३ खेलमा जित निकाल्दा एक खेलमा अंक बाँडेको छ। बार्सिलोना रियल म्याड्रिड भन्दा २ अंकले पछाडी छ।

प्रकाशित : , ०, ००४:१५

उच्च लयमा रियल, शिर्ष स्थान छाड्ने नाम लिएन !