लिभरपुलको कन्तबिजोक, फेरी बराबरीमा रोकियो !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बरारीमा रोकिएको हो ।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा लिभरपुल बराबरीमा रोकिन बाध्य बन्यो । ६९औं मिनेटमा कोनोर कोडेले गोल गरेपनि गोलले मान्यता नपाउँदा एभर्टन जितबाट वञ्चित बन्यो ।

तीन खेलको प्रतिबन्धपछि खेलमा फर्किएका उरुग्वेली फरवार्ड डार्विन नुनेजले पनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । यो बराबरीपछि लिभरपुलको ६ खेलबाट ९ अंक रहेको छ । एभर्टनको समान खेलबार्ट ४ अंक छ ।

प्रकाशित : , ०, ०२०:२१

बार्सिलोनाले सेभियालाई ध्वस्त पार्यो, दोस्रो स्थानमा उक्लियो !