मिलान ‘डर्बी’ आज राति !

एजेन्सी – इटालियन सिरी ‘ए’ को सिजनको पहिलो मिलान ‘डर्बी’ आज (शनिबार) एसी मिलान र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल मिलानमा नेपाली समयअनुसार राति ८ बजेपछि हुनेछ । मिलान अघिल्लो सिजनको विजेता तथा इन्टर मिलान उपविजेता हो । यो सिजन मिलान र इन्टर दुवैले मध्यम सुरुवात गरेका छन् ।

इन्टर ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा तथा मिलान ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । इन्टरले एक खेलमा हार बेहोर्दा तीन जित निकालेको छ । अपराजित रहेको मिलानले समान दुई जित र बराबरीको नतिजा निकालेको छ ।

डर्वीमा जित निकाल्दै दुवै टोली अंक तालिका सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछन् । मिलानसँग ओलिभर जिरुड, राफयल लियो, जुनियर मेसिएस, सान्द्रो टोनाली, थियो हर्नान्डेज, फिकायो तोमारी, पिएरे कालुलु, डाभिड कालाब्रिया र गोलरक्षक मिक मेइगनन रहेका छन् ।

यता, इन्टर मिलान पनि मिलानलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसाग लोउटारो मार्टिनेज, इडेन जेको, माटियो माटियो डार्मिएन, हकान चलहानोग्लु, मार्सेलो ब्रोजोभिक, निकोलो बरेल्ला, डेन्जेल डमफ्रेज, फेडरिको डिमार्काे, स्टेफन डि भर्ज, मिलान स्क्रिनिएर र गोलरक्षक समिर हान्डानोभिच रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो ३३ खेलको नतिजामा इन्टर १४ खेलमा विजयी भएको छ । मिलानले ११ खेल आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो खेलमा इन्टरले मिलानलाई ३–० ले पराजित गरेको थियो । इन्टर सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा मिलान उक्त हारको बदला लिने योजनामा हुनेछ ।

प्रकाशित : , ०, ०१६:१६

लालिगाको शिर्ष स्थानमा रहेका रियल म्याड्रिड र रियल बेटिस भिड्दै !