लाइप्जिगको सानदार जित, वेर्नरको ह्याट्रिक !

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरको ह्याट्रिक मद्दतमा आरबी लाइप्जिगले जर्मन कप (डिएफवी पोकल) को पहिलो राउन्डमा सानदार जित निकालेको छ ।

लाइप्जिगले तल्लो डिभिजनको टिउटोनिया ओटेन्सेनमाथि ८–० को फराकिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।लाइप्जिगको ह्याट्रिकसँगै आन्द्रे सिल्भाले दुई तथा इमिल फोर्सवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले समान एक गोल गरे ।

रेड बुल एरिना लाइप्जिगमा मंगलबार राति गोलको वर्षा भएको खेलमा लाइप्जिगले खेलको १९औं मिनेटमा वेर्नरको गोलबाट अग्रता लिएको थियो । २०औं मिनेटमा वेर्नरकै गोलबाट लाइप्जिगले खेलमा अग्रता दोब्बर बनायो ।४०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइप्जिगलाई ३–० ले अघि बढाए ।

यसै समरमा प्रिमियर लिग क्लब चेल्सीबाट लाइप्जिग फर्किएका वेर्नरले ४२औं मिनेटमा वेर्नरले ह्याट्रिक पूरा गरेपछि टोली पहिलो हाफमा ४–० ले अघि बढ्यो । प्रिमियर लिगमा जम्न नसकेका वेर्नरले जर्मनीमा भने लगातार उच्च प्रदर्शन गरिरहेको छ ।

दोस्रो हाफमा लाइप्जिगले थप चार गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरे । ५३औं मिनेटमा आन्द्रे सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे ।

त्यसपछि ५६औं मिनेटमा इमिल फोर्सवर्ग, ७७औं मिनेटमा क्रिस्टोफोर एनकुकु र ९०औं मिनेटमा ड्यानियल ओल्मोले गोल गरे ।

प्रकाशित : , ०, ००८:५३

बार्सिलोनामा मौका नपाउने भएपछि युनाइटेड जान तयार भए यी खेलाडी, लोनमा जाने चाहना !