छुट्टै लयमा आर्सनल, सिटीलाई पनि पछि पार्यो !

एजेन्सी – गत सिजन पनि राम्रो प्रदर्शन गरेको आर्सनल प्रिमियर लिगमा थप आक्रामक देखिएको छ। प्रिमियर लिगको नयाँ सिजन शुरु हुँदा आर्सनल गत सिजन भन्दा धेरै राम्रो लयमा देखिएको हो। आर्सनल अहिले प्रिमियर लिगको पहिलो स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई दुई अंकले पछि पारेको छ। आर्सनलको १२ अंक छ भने सिटीको १० अंक रहेको छ। सिटीले प्रिमियर लिगका चार खेलमा ३ जित निकाल्दा आर्सनलले चार जित निकालेको छ। आर्सनलले जारी सिजनमा शतप्रतिशत जित निकालेको छ।

सिजनको पहिलो खेलमा आर्सनलले बर्नमाउथको चुनौतीलाई सहजै पचाएको थियो। पहिलो खेलमा आर्सनलले बर्नमाउथलाई ३-० को गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ को गोल अन्तरले पराजित गर्दा तेस्रो खेलमा क्रिस्टल प्यालेसलाई पराजित गर्दा दुई गोल गरेको थियो।

यस्तै सिजनको चौंथो खेलमा आर्सनल फुलहमलाई पराजित गर्यो। शनिबार राति भएको खेलमा आर्सनलले फुलहमलाई पछि परेको अवस्थामा समेत हार चखाएको थियो। र्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड र गाब्रियलले गोल गरेका थिए।

समर ट्रान्सफर विन्डोमा आएका खेलाडीहरुका कारण आर्सनल थप बलियो भनेको छ। आर्सनलको टोलीमा म्यानचेस्टर सिटीबाट आएका ब्राजिलियन फरवार्ड गेब्रियल जेसुसको बढी प्रभाव देखिएको छ। उनको आगमनले आर्सनलको आक्रमण घातक बनेको छ।

प्रकाशित : , ०, ०१८:१३

पूर्व बार्सिलोना खेलाडी रियल म्याड्रिडमा भए अनुबन्ध !