ज्योतिषशास्त्रमा बुध ग्रहलाई ग्रहहरूको राजकुमारको दर्जा दिइएको छ। बुधले अगस्ट २१ मा दिउँसो २:२९ बजे कन्या राशिमा प्रवेश गरेको छ। अक्टोबर २६ सम्म बुध यस राशिमा रहनेछ। अक्टोबर २६ मा दिउँसो २:१० बजेसम्म तुला राशिमा प्रवेश गर्नेछ। बुध गोचरको यस अवधिमा धेरै राशिका व्यक्तिहरूलाई लाभ हुनेछ। बुध ग्रहको परिवर्तनले कुन राशिलाई असर गर्छ जान्नुहोस्-
मिथुन राशि
बुधको गोचर यस राशिका मानिसहरुका लागि निकै लाभदायक साबित हुनेछ। यस अवधिमा कार्यस्थलमा प्रशंसा प्राप्त हुन सक्छ। उच्च अधिकारीहरू तपाईंको कार्यशैलीबाट प्रसन्न हुनेछन्। यस अवधिमा तपाईंले कडा परिश्रमको पूर्ण परिणाम प्राप्त गर्नुहुनेछ। रोजगारीको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्।
कर्कट राशि
बुधको गोचरले कर्कट राशि भएका व्यक्तिहरूको जीवनमा खुशी ल्याउन सक्छ। यस अवधिमा सन्तान पक्षबाट केही शुभ समाचार सुन्न सकिनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। परिवारसँग राम्रो समय बित्नेछ।
सिंह राशि
सिंह राशिका लागि बुधको गोचरले शुभ फल दिनेछ। यस अवधिमा तपाईंलिई अचानक आर्थिक लाभ हुन सक्छ। कार्यस्थलमा उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। आम्दानी बढ्न सक्छ। तर, स्वास्थ्यमा भने ख्याल गर्नुपर्छ।
कन्या राशि
ज्योतिष शास्त्र अनुसार बुध ग्रह कन्या राशिमा प्रवेश गरेको छ। यस्तो अवस्थामा तपाईंले यस गोचरको विशेष फाइदा पाउनुहुनेछ। यस अवधिमा नोकरी र व्यापारमा पनि लाभ मिल्नेछ।