प्रत्येक महिनाको त्रयोदशीका दिन भगवान भगवान शिवको नाममा प्रदोष व्रत राखिन्छ । अहिले समयमा भदौ महिना चलिरहेको छ । धार्मिक मान्यता अनुसार यस महिनाको पहिलो प्रदोष व्रत भदौ महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । भदौ महिनाको पहिलो प्रदोष व्रत भदौ ८ गते बुधबार परेको छ । शिव भक्तहरुको लागि यो दिन विशेष मानिन्छ । यो व्रत बुधबार पर्ने भएकाले यसलाई बुध प्रदोष व्रत भनिन्छ । धार्मिक मान्यता अनुसार यस दिन शिवको नाममा व्रत र पूजा गर्नाले भगवान शिवको विशेष आशीर्वाद प्राप्त हुने मान्यता राहेको छ ।
हिन्दु पञ्चाङ्ग अनुसार भदौ महिनाको कृष्णको त्रयोदशी तिथि ८ गते बिहान८ः३० बजेदेखि प्रारम्भ भई भदौ ९ गते बिहान १०ः३७ बजे समापन हुनेछ । प्रदोष अवधिमा प्रदोष व्रतको पूजा गरिन्छ। यस अवधिमा शिवको पूजा गर्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ ।
प्रदोष व्रतमा प्रदोष कालमा पूजाको विशेष महत्त्व छ । प्रदोष काल साँझमा सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ। प्रदोष अवधिमा भगवान शिवको आराधना गर्नाले शुभ फल प्राप्त हुने जनाइएको छ ।
धार्मिक मान्यता अनुसार हप्ताको सात दिनको प्रदोष व्रतको आफ्नै विशेष महत्त्व रहेको छ । प्रदोष व्रतको पालना गर्नाले सन्तान सुख प्राप्त हुने मान्यता रहेको छ । यो व्रत राख्नाले सन्तान पक्षबाट पनि लाभ हुन्छ । यो व्रत गर्नाले भगवान शङ्कर र माता पार्वतीको विशेष आशीर्वाद प्राप्त हुन्छ । प्रदोष व्रतमा पूजा गर्न अबिर, गुलाबको फूल, चन्दन, अक्षता, फूल, धतुरो, बेलपत्र, जनाइ, कलश, दियो, कपूर, धूप, फलफूल आदि।
बिहान सबेरै उठेर नुहाउने । नुहाएर सफा लुगा लगाउने । घरको मन्दिरमा दियो बाल्नुहोस्। गंगा जलले भगवान शिवलाई अभिषेक गर्नुहोस् ।
भगवान भोलेनाथलाई फूल चढाउनुहोस्। यस दिन भोलेनाथसँगै देवी पार्वती र भगवान गणेशको पूजा गर्नुहोस्। कुनै पनि शुभ कार्य गर्नु अघि भगवान गणेशको पूजा गरिन्छ। भगवान शिवलाई प्रसाद चढाउनुहोस्। ध्यान राख्नुहोस् की सात्त्विक चीजहरू भगवानलाई चढाइन्छ।