यस दिन परेको छ भदौ महिनाको शनिश्चरी अमावस्या, यी ५ राशिका व्यक्ति अवश्य गर्नुहोस् यी उपाय, शनि दशाबाट मिल्नेछ मुक्ति !

भदौ महिनाको कृष्ण पक्षको अमावस्यालाई भाद्रपद अमावस्या तथा भदौ अमावस्या भनिन्छ। यो अमावस्या पितृ पक्ष अघि आउँछ। यस दिन दान, तर्पण र पिण्डदान गर्नु निकै शुभ मानिन्छ । पितृदोष, कालसर्प दोषबाट मुक्ति पाउनका लागि पनि यो दिन निकै विशेष मानिन्छ । यस वर्ष भाद्रपद अमावस्या भदौ ११ गते शनिबार परेको छ ।

धार्मिक मान्यता अनुसार शनिबार पर्ने अमावस्यालाई शनिश्चरी अमावस्या भनिन्छ । शनिबारको दिन शनिदेवको नाममा समर्पित हुन्छ । यस्तो अवस्थामा शनिको महादशाबाट पीडित राशिका लागि शनिश्चरी अमावस्याको दिन विशेष मानिन्छ । यस दिन शनिको साढे साती र शनि ढैय्याबाट पिडित राशि भएका व्यक्तिले केही उपाय अपनाएर शनिदेवको अशुभ प्रभावलाई कम गर्न सकिन्छ ।

अहिलेको अवस्थामा शनिदेव मकर राशिमा उल्टो चालको अवस्थामा विराजमान छन् । यस्तो अवस्थामा धनु, मकर र कुम्भ राशिका लागि शनिको साढे साती चलिरहेको छ । त्यस्तै मिथुन र तुला राशिमा शनि ढैय्याको प्रभाव रहेको छ । शनि ढैय्या र साढे सतीबाट पीडित व्यक्तिले शारीरिक, आर्थिक र मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ।

शनिदेवको अशुभ प्रभावलाई कम गर्न शनिको साढे साती र ढैय्यामा परेका मानिसहरूले शनिचरी अमावस्याको दिन तोरीको तेलले शनिदेवको पूजा गर्छन्। यसका साथै प्रसादको रूपमा कालो मासको दालबाट बनेको इमरती चढाउनुहोस्।

शनिचरी अमावस्याको पहिलो दिन अर्थात् शुक्रबार कालो उडदको दाल एउटा कपडामा बाँध्नुहोस् । यो पोकोलाई राति सुत्ने बेला आफूसँग राख्नुहोस्। यस दिन तपाईं एक्लै सुत्नुहोस्। शनिचरी अमावस्याको दिन यो दाललाई शनि मन्दिरमा अर्पित गर्नुहोस् । यसो गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

शनिचरी अमावस्याको दिन काँसाको भाँडोमा तोरीको तेल र एक सिक्का राखेर त्यसमा आफ्नो छायाँ हेरेर कुनै गरिब वा दरिद्र व्यक्तिलाई दान गर्नुहोस् वा त्यस तेललाई शनि मन्दिरमा अर्पित गर्नुहोस् । यसका साथै पिपलको रुखमुनि तोरीको तेलको दियो बाल्नुहोस् । कम्तीमा पाँच शनिबार यो उपाय गर्नाले शनिदोषमा लाभ मिल्ने जनविश्वास छ ।

प्रकाशित : , ०, ०१५:४७

भोलि बुध प्रदोष व्रत, यस शुभ समयमा गर्नुहोस् भोलेनाथको पूजा, हुनेछ नसोचेको लाभै-लाभ !