तिहारको मध्येमा लाग्दै सन् २०२२ को अन्तिम सूर्यग्रहण, कस्तो प्रभाव पर्ला ?

सन् २०२२ को अन्तिम सूर्यग्रहण अक्टोबर २५ मा लाग्नेछ। यो यस वर्षको दीपावलीको भोलिपल्ट लाग्नेछ। यस दिन गोवर्धन पूजा पनि रहेको छ। नेपाली समय अनुसार २५ अक्टोबरको साँझ ४ः४४ बजेबाट सुरु हुने सूर्यग्रहण साँझ ५ः३९ बजेसम्म रहनेछ। यस्तो अवस्थामा सूर्यग्रहणले यस चाडपर्वमा केही असर गर्छ ? यस दिन कुन समयमा मानिसले पूजा गर्न सक्छन्, विस्तृतमा जानौं।

यस दिन मनाइनेछ दीपावली 

पञ्चाङका अनुसार कार्तिक अमावस्या तिथी २४ अक्टोबर २०२२ को साँझ ५ः४४ बजेदेखि सुरु भएर अर्को दिन २५ अक्टोबर २०२२ को साँझ ४ः३५ बजेसम्म रहनेछ। यस्तो अवस्थामा यस वर्ष अक्टोबर २४ मा दिपावली मनाइँदैछ। यसैगरी दीपावलीको भोलिपल्ट कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा रहेको छ।

प्रदोष व्रत 

पञ्चाङ अनुसार यस दिन प्रदोष व्रत पनि मनाइन्छ। प्रदोष व्रत पूजाको समय साँझ ६:०५ देखि राति ८:३७ बजेसम्म छ। यस समयमा मानिसहरूले प्रदोष व्रतको पूजा गर्न सक्छन्।

नेपालमा देखिने छैन सूर्यग्रहण

योसँगै वर्षको अन्तिम सूर्यग्रहण अक्टोबर २५ मा लाग्नेछ। यसको सुतक अवधि मान्य हुनेछैन, किनभने यो सूर्यग्रहण नेपाल देखिने छैन। सूर्यग्रहणको सुतक अवधि सूर्यग्रहण सुरु हुनुभन्दा १२ घण्टा अघि सुरु हुन्छ र सूर्यग्रहणको अन्त्यसँगै समाप्त हुन्छ।

चाडपर्व हुनेछैन प्रभावित 

यसैगरी, यस पटक लक्ष्मी पूजा २४ अक्टोबरमा मनाइनेछ भने अर्को दिन २५ अक्टोबरमा सूर्यग्रहण लाग्नेछ। तर, नेपाल सूर्यग्रहण नदेखिने भएकाले लक्ष्मी पूजामा यसको कुनै असर नपर्ने भएकोले गोवर्धन पूजा पनि मनाउन सकिन्छ।

प्रकाशित : , ०, ०११:१५

सूर्य-शुक्रले बनाउँदै अत्यन्त शुभ संयोग: यी ४ राशिले पाउने भए दुबै हातमा लड्डु !