ज्योतिषी उपाय: धन सम्बन्धी हरेक समस्याको समाधान हुन्छ यी ५ उपायले, हुनेछ साक्षात् माता लक्ष्मीको कृपा !

आजको योगमा पैसाको महत्त्व निकै बढेको पाउन सकिन्छ । किनभने आजको समयमा धन-पैसा बिना जीवनको कल्पना पनि गर्न सकिँदैन। पैसा हाम्रो जीवनको अत्यावश्यक  अंग बनिसकेको छ। त्यसैले मानिसले पैसा कमाउनको लागि अनेक प्रयास गर्छ। तर कहिलेकाहीँ लाखौँ प्रयासपछि पनि धन आर्जन गर्न निकै गा:-ह्रो हुन्छ।

यस्तो अवस्थामा आज हामी तपाईलाई केही यस्ता उपायहरु बताउन गइरहेका छौँ जसलाई अपनाएर तपाईको आर्थिक अवस्था सुधार्न सकिन्छ । जान्नुहोस् यी उपायहरु के के हुन् ?

अभावमा परेकाहरूलाई दान गर्नुपर्छ


यदि भगवानले तपाईंलाई आफ्नो लागि केही गर्न सक्षम बनाउनुभएको छ भने, तपाईंले त्यसो गर्नुपर्छ। यसको साथै तपाइले अरुको लागि पनि केही गर्नु पर्दछ । किनकि यसो गर्नाले तपाईको धन कहिल्यै घट्दैन । भनिन्छ अरुलाई सहयोग गर्नेमा माता लक्ष्मीको कृपा सधैँ रहन्छ । यस्ता मानिसको जीवनमा पैसा र खानाको कमी कहिल्यै हुँदैन ।

तुलसीको बोटको पूजा गर्नुहोस्


अहिलेको समयमा सबै मानिस धार्मिक तथा स्वास्थ्यको हिसाबले यो बिरुवा घरमा रोप्दछन् । तर यसलाई कसरी कायम राख्ने भनेर धेरै कम मानिसलाई थाहा छ। ज्योतिष शास्त्रका अनुसार तुलसीको बिरुवाको दैनिक पूजा गर्नुपर्छ । किनभने यसो गर्नाले लक्ष्मी र भगवान विष्णु दुवैको आशीर्वाद प्राप्त हुन्छ । दिनहुँ तुलसीको बिरुवाको पूजा गर्ने मानिसको घरमा धन र अन्नको कमी हुँदैन ।

माता लक्ष्मीको पूजा गर्नुहोस्


माता लक्ष्मीको कृपाले मानिसलाई धन र ऐश्वर्य प्राप्त हुने मान्यता छ । त्यसैले लक्ष्मीको पूजा गर्नु आवश्यक हुन्छ । घरको मन्दिरमा हरेक दिन बिहान बेलुका लक्ष्मीको मूर्तिको अगाडि तिलको तेल वा घ्यूको दियो बाल्नुहोस्। मूर्तिमा बेसार र कुमकुम तिलक लगाउनुहोस् र मातालाई फूल चढाउनुहोस्। त्यसपछि माता लक्ष्मीलाई सम्झेर धूप बालेर पूजा गर्नुहोस्। मातालाई मिठाई चढाउनुहोस् । यसो गर्दा घरमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।

श्रीसुक्त पाठ
धन प्राप्तिको लागि यो श्री सुक्त पाठ गर्नु निकै फलदायी मानिन्छ । शुक्रबार लक्ष्मीको पूजा गर्दा श्रीसूक्त मन्त्रको जप गर्नुहोस्। भनिन्छ, श्री सुक्तको पाठ गर्नाले देवी लक्ष्मी शीघ्र प्रसन्न हुन्छिन् ।

प्रकाशित : , ०, ०१७:४२

कुबेरको मन्त्र यसरी जप्नुहोस्: जसले सबै आर्थिक समस्याहरू क्षणभरमा हटाउनुको साथै, गरिबीबाट मुक्ति मिल्नेछ !