आज गरिएका यस्ता उपायले जीवनमा कहिल्यै हुँदैन धन-धन्यको कमी- नभुली अवश्य गर्नुहोस् !

कृष्ण जन्माष्टमीका दिन भगवान कृष्णको विशेष पूजा गरिन्छ । शास्त्र अनुसार कृष्णलाई भगवान विष्णुको अवतार मानिन्छ । तसर्थ जन्माष्टमीको दिन केही विशेष उपाय गर्नाले भगवान श्रीकृष्ण र भगवान विष्णुको आशीर्वाद मात्र नभई भगवान श्री हरि विष्णुकी पत्नी देवी लक्ष्मीको आशीर्वाद पनि प्राप्त हुने मान्यता रहेको छ । जान्नुहोस् आजको दिनमा गर्नै पर्ने केही विशेष उपाय, जसले व्यक्तिलाई शारीरिक तथा आर्थिक रुपमा सम्पन्न बनाउँछ ।

बिहान स्नान गरेपछि भगवान श्रीकृष्णलाई पहेँलो फूलको माला चढाउनुपर्छ । यसबाट लक्ष्मी माताको कृपा पनि प्राप्त हुन्छ । यस दिन भगवान श्रीकृष्णलाई साबुदाना, सेतो मिठाई र खीर चढाउनुपर्छ । खीरमा चिनीको सट्टा मिश्री मिसाएर खीरमा तुलसीको पात पक्कै मिसाउनु राम्रो हुन्छ । चिसो भएपछि मात्र भगवानलाई खीर चढाउनुहोस्। धन र ऐश्वर्याको कहिल्यै कमी नहुने जनविश्वास छ ।

जन्माष्टमीमा भगवान श्रीकृष्णलाई पहेँलो फल, पहेँलो वस्त्र, पहेँलो फूल र पहेँलो मिठाई चढाउनुपर्छ । धन र वैभव कहिल्यै कमी नहुने जनविश्वास रहेको छ । प्रेम सम्बन्धमा सफलता पाउन जन्माष्टमीका दिन भगवान श्रीकृष्णलाई पहेँलो माला चढाउनुपर्छ । यसका साथमा सेतो मिठाई, मह र ताल चिनी पनि चढाउनुपर्छ।

भगवान कृष्णको सबैभन्दा प्रिय मखन, मिश्री रहेको विश्वास गरिन्छ । त्यसैले जन्माष्टमीको दिन भगवान श्रीकृष्णलाई अर्पण गर्नुहोस्। यसो गर्दा तपाईको सबै मनोकामना पूरा हुनेछन्। जन्माष्टमीको दिन राति १२ बजे भगवान श्रीकृष्णलाई दूधमा केसर र तुलसीको पातले अभिषेक गर्नुपर्छ । यस उपायले घरमा सदैव लक्ष्मीको वास हुने जनविश्वास छ ।

प्रकाशित : , ०, ०१२:१४

मात्र आजको दिन गर्नुहोस् यस्ता उपाय, माता लक्ष्मीको हुनेछ असीम कृपा: धन-सम्पत्ति कहिल्यै अभाव हुँदैन !